२०८३ असोज २१ गते बुधबार

एनआरएन डेभलपमेन्ट फण्डको ८ अर्बको आईपीओको बाटो खुल्यो, आईपीओ निष्कासन कहिले ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २०
nrn ipo

काठमाडौँः गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना हुन लागेको एनआरएन नेपाल डेभलपमेन्ट फण्डले ८ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने बाटो खुलेको छ।

नेपाल सरकारले गैरआवासीय नेपालीसँग संयुक्त रूपमा स्थापना गरेका कम्पनीले जारी पुँजीको ८५ प्रतिशतसम्म सेयर सार्वजनिक निष्कासन गर्न सक्ने गरी धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३ संशोधन गरेसँगै फण्डलाई ठूलो आकारको आईपीओ निष्कासन गर्ने कानुनी आधार बनेको हो।

प्रस्तावित १० अर्ब रुपैयाँ चुक्ता पुँजीमध्ये ५ प्रतिशत नेपाल सरकारको, १० प्रतिशत संस्थापक समूहको र बाँकी ८५ प्रतिशत गैरआवासीय नेपालीलाई आईपीओमार्फत निष्कासन गर्ने योजना रहेको छ। यसअनुसार गैरआवासीय नेपालीबाट करिब ८ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य छ।

यसअघि विद्यमान व्यवस्थाअनुसार यस्तो कम्पनीले सार्वजनिक निष्कासनमार्फत सीमित हिस्सामात्र सेयर जारी गर्न सक्ने अवस्था थियो। नयाँ व्यवस्थाले गैरआवासीय नेपालीको लगानीलाई ठूलो हिस्सा समेट्ने गरी आईपीओ ल्याउने बाटो खोलेको हो।

फण्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईले नियमावली संशोधनसँगै गैरआवासीय नेपालीको लगानीका लागि नयाँ अध्याय सुरु भएको बताएका छन्। उनले सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै यो सुरुवात मात्रै भएको उल्लेख गरेका छन्।

‘एनआरएन लगानी यात्रामा यो महत्वपूर्ण उपलब्धि हो। सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित सबै निकायको सहकार्यबाट यो सम्भव भएको हो। अब गैरआवासीय नेपालीको पुँजीलाई नेपालका उत्पादनमूलक तथा पूर्वाधारका क्षेत्रमा परिचालन गर्ने थप अवसर खुलेको छ। यो सुरुवात हो, आगामी दिनमा एनआरएन लगानीलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ हामी केन्द्रित हुनेछौं,’ उनले भने ।

फण्डले गैरआवासीय नेपालीबाट संकलित पुँजीलाई पूर्वाधार, जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधिलगायत उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने लक्ष्य राखेको छ।

नयाँ व्यवस्थाले गैरआवासीय नेपालीको सानो–ठूलो बचतलाई संस्थागत रूपमा नेपालमा परिचालन गर्ने अवसर बढाउने अपेक्षा गरिएको छ। फण्डको आईपीओ निष्कासन प्रक्रिया भने नियामकीय स्वीकृति तथा आवश्यक तयारी पूरा भएपछि अघि बढ्नेछ।

अब गैरआवासीय नेपालीको लागि आईपीओ जारी गर्न भने केहि समय लाग्ने सीईओ भट्टराईले बताएका छन् । ‘सबै प्रक्रिया पुरा भएको छ, अब पुँजी जुटाउने काम सुरु हुन्छ । आईपीओ निष्कासन गर्नको लागि भने ५ देखि ६ महिना जति लाग्छ होला,’ उनले भने ।

प्रकाशित: २०८३ असोज २० गते मङ्गलबार ०२:२४
प्रतिक्रिया

थप समाचार

नेप्से घट्दा बढ्यो कारोबार रकम, घलेम्दी हाइड्रोपावरको कारोबार उच्च

काठमाडौँः बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार बढेर बन्द भएको बजार यस दिन भने ओरालो लागेको हो। यस दिन नेप्से परिसूचक ६.३८...

नेप्से बढ्दा कारोबार रकममा भने गिरावट

काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटेको बजार मंगलबार भने बढेर बन्द भएको हो। मंगलबार नेप्से परिसूचक...

नेप्से सीईओका लागि चार उम्मेदवार सर्टलिस्ट, असोज २३ मा अन्तर्वार्ता

काठमाडौँः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ। सीईओ पदका लागि आवेदन दिएका आठ उम्मेदवारमध्ये चारजना दोस्रो चरणको...

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन तीन शहरमा प्रभातफेरी

काठमाडौँः विश्व लगानीकर्ता सप्ताह २०२६ को पहिलो दिन नेपालका तीन प्रमुख शहरमा प्रभातफेरी आयोजना गरिएको छ। नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबीएएन) को सहकार्यमा...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना