२०८३ असोज २१ गते बुधबार

नेप्से घट्दा बढ्यो कारोबार रकम, घलेम्दी हाइड्रोपावरको कारोबार उच्च

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
nepse6

काठमाडौँः बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार बढेर बन्द भएको बजार यस दिन भने ओरालो लागेको हो।

यस दिन नेप्से परिसूचक ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा झरेको छ।

परिसूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कुल कारोबार रकम ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँ पुगेको छ। यसदिन १ करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन घलेम्दी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयरमूल्य ६.२५ प्रतिशतले वृद्धि भएको छ।

यता, कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: २०८३ असोज २१ गते बुधबार ०३:४९
प्रतिक्रिया

थप समाचार

नेप्से बढ्दा कारोबार रकममा भने गिरावट

काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटेको बजार मंगलबार भने बढेर बन्द भएको हो। मंगलबार नेप्से परिसूचक...

एनआरएन डेभलपमेन्ट फण्डको ८ अर्बको आईपीओको बाटो खुल्यो, आईपीओ निष्कासन कहिले ?

काठमाडौँः गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना हुन लागेको एनआरएन नेपाल डेभलपमेन्ट फण्डले ८ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने बाटो खुलेको छ। नेपाल सरकारले गैरआवासीय...

नेप्से सीईओका लागि चार उम्मेदवार सर्टलिस्ट, असोज २३ मा अन्तर्वार्ता

काठमाडौँः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ। सीईओ पदका लागि आवेदन दिएका आठ उम्मेदवारमध्ये चारजना दोस्रो चरणको...

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन तीन शहरमा प्रभातफेरी

काठमाडौँः विश्व लगानीकर्ता सप्ताह २०२६ को पहिलो दिन नेपालका तीन प्रमुख शहरमा प्रभातफेरी आयोजना गरिएको छ। नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबीएएन) को सहकार्यमा...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना