काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटेको बजार मंगलबार भने बढेर बन्द भएको हो।
मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २,५७८.७३ विन्दुमा पुगेको छ।
परिसूचक बढे पनि मंगलबार कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँबराबरको ८९ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
मंगलबार त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ५.११ प्रतिशतले बढेको छ। यस दिन सर्वोत्तम पेन्ट्सको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको मंगलबार २३ करोड ९१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
