२०८३ असोज २७ गते मङ्गलबार

दशैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
dhan

डडेल्धुरा: नेपालीहरूको महान् चाड बडादशैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन्।

नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दशैँ सुरु भएपछि किसान यतिबेला खेतबारीमै व्यस्त रहनुपरेको हो। वर्ष दिनमा एकपटक मात्रै आउने दशैँ मनाउन घर फर्किएकासमेत आफन्तसँग भेटघाटसँगै खेतबारीमै बालीनाली उठाउने कार्यमा रमाइरहेका पाइएको छ।

पछिल्ला केही दिन यहाँका हरेक घरपरिवार बिहान सबेरै खेतबारी पुग्ने र साँझ अबेर मात्रै घर पुग्ने दैनिकी बनेको छ। अहिले दशैँभन्दा पनि किसानलाई बर्खेबाली भित्र्याउन व्यस्त रहनुपरेको भागेश्वर गाउँपालिका–४ की देवकी भट्ट बताउँछिन्।

‘मकै र धानबाली भित्र्याइएको छ, आजभोलि भटमास, सोयाबिनलगायत दलहन बाली भित्र्याउन लागिएको छ’, उनले भनिन्, ‘अहिले महिला विशेषगरी खर काट्नमै पनि व्यस्त रहेको पाइएको छ।’

डडेल्धुराको भित्री मधेस आलिताल र परशुरामका किसान पनि आजभोलि धान काट्ने, बिटा बाँध्ने, झार्ने र भित्र्याउनमै व्यस्त छन्। केही दिनअघिसम्मको लगातारको वर्षाका कारण पाकेको धान भित्र्याउन अहिले पनि समस्या भइरहेको परशुराम नगरपालिका–४ की किसान यशोदा जोशी बताउँछिन्।

‘मिहिनेत गरेर फलाएको धानबाली भित्र्याउन नपाउने चिन्ता छ, मौसमले साथ दिए हुन्थ्यो’, उनले भनिन्, ‘दशैँभन्दा पनि किसानका लागि खेतमा लगाएको बाली भित्र्याउने मुख्य प्राथमिकता छ।’

वर्ष दिनमा आउने चाड रमाइलो गरी मनाउन रहर भए पनि फुर्सद नपाउँदा खेतमै अधिकांश समय बित्ने गरेको किसानको भनाइ छ। बर्खेबाली भित्र्याउने र हिउँदे बाली छर्ने समय भएकाले किसानलाई दशैँतिहार मनाउनभन्दा पनि खेतबारीमै बढी व्यस्त हुनुपरेको अमरगढी नगरपालिका–७ की किसान कल्पना भट्ट बताउँछिन्।

उनले भनिन्, ‘यो समय कामको चटारो हुने हो। महिला बिहान उज्यालो नहुँदै खेतमा पुग्छन्। खाना खानसमेत फुर्सद नहुने किसानलाई दशैँको रमाइलोबारे थाहा भए पनि काम सक्नमै बढी ध्यान हुन्छ। त्यसमै सन्तुष्ट हुनुपर्छ।’

जिल्लामा सबैभन्दा बढी परशुराम नगरपालिकामा एक हजार २३७ हेक्टर क्षेत्रफलमा धान लगाइएको छ। जिल्लामा छ हजार १८८ हेक्टरमा बर्खे धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए। जिल्लामा गत वर्ष बर्खे धान २१ हजार ४०० मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ।

प्रकाशित: २०८३ असोज २७ गते मङ्गलबार ०५:४८
प्रतिक्रिया

थप समाचार

खुला संसार चिहाउने बन्द कोठाको झ्याल [समीक्षा]

पूरा आकाशको फेद अट्नेगरी सेल्फी खिचेजस्तो सजिलो छैन जीवन यहाँ यहाँ बालुवामा हड्डी बिछ्याएर खुसी खोज्नुपर्छ आफ्ना शरीरका छाला च्यातेर आफ्नो सपना आफैँ रोज्नुपर्छ अँध्यारोमा चोबेर आँखाहरू आफ्नो...

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ: ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ। प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ। चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको...

नदीजन्य पदार्थको राजस्व चुहावट गर्नेलाई जनप्रतिनिधिकै संरक्षण

नदीजन्य पदार्थको व्यवस्थापन र नियमन गर्ने जिम्मेवारी पाएका स्थानीय तहका जनप्रतिनिधि नै अनियमिततामा संलग्न हुँदा व्यवसायीको मनोमानी हावी भएको छ।

दशैँका लागि गाउँ फर्किनेहरू बढे, ९ दिनमा २ लाख ७ हजारले छाडे काठमाडौँ

काठमाडौँ: बडादशैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू...

प्रहरीलाई कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ:  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
roop_jyoti
बैंकिङ

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना