२०८३ मङ्सिर ११ गते शुक्रबार

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छः ढकाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ९
chandra_dhakal

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय) को अभिलेखीकरण (लेखांकन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

१२ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘मूल समारोह कार्यक्रम’ मा मन्तव्य राख्दै अध्यक्ष ढकालले पुराना विदेशी लगानी (विशेषगरी भारतीय लगानी) को अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको स्पष्ट पारे। उनले यस विषयमा उद्योग मन्त्री र सचिवको विशेष ध्यानाकर्षण गराए।

“उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ र यसले नयाँ वैदेशिक लगानी (एफडिआई०) भित्र्याउन ठूलो मद्दत पुग्नेछ,” ढकालले भने।

सोही अवसरमा उनले नयाँ सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै प्रशंसासमेत गरे। सम्मानित व्यक्तित्वहरूको तर्फबाट बोल्दै ढकालले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गरेर निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकको रूपमा सम्मान गरेको उल्लेख गरे।

निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व संकलन र पूर्वाधार निर्माणको मुख्य आधार हो भन्ने कुरालाई नयाँ सरकारले आत्मसात् गरेको बताउँदै उनले भने, “पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम अत्यन्तै सराहनीय छ, अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ।”

उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण र डिजिटलाइजेशनको प्रशंसा गर्दै उनले निजी क्षेत्रमैत्री नीतिगत सुधारले अझ गति लिने विश्वास व्यक्त गरे।

‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आयोजित उक्त समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रका छाता सङ्गठनका प्रमुखहरू तथा उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष ढकाललाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित: २०८३ मङ्सिर ९ गते बुधबार ०५:०९
प्रतिक्रिया

थप समाचार

जयप्रकाश एसोसियट अदानी समूहले किन्यो, गौतमले नेपालमा लगानी गर्न लागेका हुन्?

स्वामित्व खरिदसँगै कम्पनीको नाम परिवर्तन गरि अदानी इन्फ्रास्ट्रक्चर इन्ट्रिगेटेड सलुसन्स लिमिटेड राखिएको छ। नेपालका कम्पनी रजिष्टार कार्यालयले कम्पनीको नाम परिवर्तनलाई स्वीकृति दिएको...

अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ

केन्द्रले उत्पादन गर्ने ब्रान्डीबाट प्राप्त हुने आम्दानी सरकारी राजस्वमा जम्मा हुँदै आएको थियो। तर, अन्तःशुल्क असूल नभएको भन्दै लेखापरीक्षणका क्रममा बेरुजु देखिएपछि केन्द्रले उत्पादन तथा...

विराटनगर जुट मिल्स निजी क्षेत्रलाई दिने सरकारको तयारी, माग्यो आशयपत्र

जुट मिलको रणनीतिक पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि लगानीकर्ताहरूबाट इओआई मागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त, राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्यको सम्मान

काठमाडौं। नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभाबाट नरेन्द्र बल्लभ पन्त नयाँ अध्यक्षका रुपमा निर्वाचित भएका छन्। साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित...

महाशक्ति सिमेन्टले १३ अर्ब लगानीमा क्लिङकर प्लान्ट ल्याउँदै, उत्पादन क्षमता दैनिक २५०० टन

कम्पनीले मुख्यतया आफ्नो क्लिंकर मातृ संस्था महाशक्ति सिमेन्टलाई आपूर्ति गर्ने भएको छ। उद्योगले प्युठान र अर्घाखाँचीमा अवस्थित तीनवटा खानीहरूबाट चुनढुङ्गा आपूर्तिको व्यवस्था सुनिश्चित...
image_5777e118
राजनीति

तीन तहका सरकारका कार्यक्रममै दोहोरोपना, राज्यलाई आर्थिक भार

संविधानको अनुसुची ५ मा राष्ट्रिय वन नीति सम्बन्धी विषय संघको अधिकार क्षेत्र भित्र छ। संविधानको अनुसूची ९ मा भने वन जंगल वन्यजन्तु वातावरण पर्यावरण संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार...
gautam
उद्योग

जयप्रकाश एसोसियट अदानी समूहले किन्यो, गौतमले नेपालमा लगानी गर्न लागेका हुन्?

स्वामित्व खरिदसँगै कम्पनीको नाम परिवर्तन गरि अदानी इन्फ्रास्ट्रक्चर इन्ट्रिगेटेड सलुसन्स लिमिटेड राखिएको छ। नेपालका कम्पनी रजिष्टार कार्यालयले कम्पनीको नाम परिवर्तनलाई स्वीकृति दिएको...
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
clincker_plant
उद्योग

महाशक्ति सिमेन्टले १३ अर्ब लगानीमा क्लिङकर प्लान्ट ल्याउँदै, उत्पादन क्षमता दैनिक २५०० टन

कम्पनीले मुख्यतया आफ्नो क्लिंकर मातृ संस्था महाशक्ति सिमेन्टलाई आपूर्ति गर्ने भएको छ। उद्योगले प्युठान र अर्घाखाँचीमा अवस्थित तीनवटा खानीहरूबाट चुनढुङ्गा आपूर्तिको व्यवस्था सुनिश्चित...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना