काठमाडौँ– काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ। महानगरको सभामा पेस भएको बजेट पारित गर्नका लागि बोलाइएको सभा स्थगित भएको हो।
गत असार १० गते उपमेयर सुनीता डंगोलले पेस गरेको बजेटमाथि छलफल नै नभएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले विरोध जनाएपछि सभा स्थगित भएको हो। सुनीताले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेस गरेकी थिइन्।
कांग्रेसका वडाध्यक्षले बजेटमा मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोललले एकलौटी गरेको आरोप लगाएका छन्।
सभामा सदस्यसचिव हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले २६ गतेसम्मको लागि नगरसभा स्थगित भएको सूचना प्रकाशित गरेका छन्।


