२०८३ साउन १३ गते बुधबार

सद्दाम हुसेनका छोराबारे के भन्छन् चंगुलबाट फुत्केका ओलम्पियन?

 |  जर्ज राइट
Sanket

जर्ज राइट

काठमाडौँ, चैत ११
saddam and his sons
सद्दाम हुसेन (बीच) र उनका छोराहरू उदय र क्युसे (दायाँ)

‘राष्ट्रपति बिल क्लिन्टनलाई नहेर्नु,’ सन् १९९६ एटलान्टा ओलम्पिक खेलकुदको उद्घाटन समारोहअघि ओलम्पियन रायद अहमदले यस्तै निर्देशन पाएका थिए।

इराकका सुगठित शरीर भएका भारोत्तोलक रायद अहमदलाई अमेरिका र अमेरिकी राष्ट्रपति बिल क्लिन्टन दुवै इराकलाई नष्ट गर्न चाहन्छन्, त्यसैले उनीहरूलाई कुनै सम्मान दिन नहुने सिकाइएको थियो।

अमेरिकाप्रति इराकमा यस्तै भाष्य रहेकोमा उनलाई पनि त्यस्तै लाग्थ्यो। उनले इराकी ओलम्पिक कमिटीका अधिकारीबाट यो सन्देश पाएका थिए। त्यतिबेला इराकको ओलम्पिक समितिले सद्दाम हुसैनका जेठा छोरा उदयको नेतृत्वमा काम गर्थ्यो।

‘उनले न त बायाँतर्फ, न त दायाँतर्फ कतै पनि नहेर्न भनेका थिए। किनभने अमेरिकी राष्ट्रपति त्यहाँ हुन सक्छन्, उनीतर्फ हेर्ने होइन,’ रायद सम्झन्छन्, ‘मैले उनलाई ठीक छ भनेँ।’

1996 में देश का झंडा हाथ में लिए राएद अहमद

ओलम्पिकमा इराकी झन्डा।

राष्ट्रिय झण्डा बोकेर रंगशालामा प्रवेश गर्दा रायदको अनुहार गर्वले चम्किएको थियो। त्यतिबेला उनी २९ वर्षका थिए र अन्य दुई एथ्लेटलाई पछि छोड्दै सम्मानका लागि उनी छनोट भएका थिए।

एक पलले बदलिदियो जिन्दगी
इराकी अधिकारीको नजर उनीमाथि नै टिकेको थियो। तर पनि रायदले आफ्नो दायाँतिर हेरे। रायद भन्छन्, ‘मैले पत्याउनै सकिनँ कि क्लिन्टनले हामीलाई हेरिरहेका थिए। जब उनले हामीलाई देखे, उनी निकै खुसी देखिन्थे। उनी उठेर ताली बजाउन थाले।’ तर यही एक पलले रायदको सम्पूर्ण जीवन परिवर्तन गर्‍यो।

रायदको जन्म सन् १९६७ मा इराकी सहर बसराको एक शिया मुस्लिम परिवारमा भएको थियो। रायदका बुबा एक शरीर सुगठनका प्रशिक्षक थिए। रायदले सन् १९८० को दशकको सुरुबाटै भारोत्तोलनमा नाम कमाउन थालेका थिए। सन् १९८४ मा ९९ केजी तौल समूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए। तर उनी खेलकुदको संसारमा सफल हुँदै गर्दा उनको मातृभूमिमा उथलपुथल सुरु भयो।

सन् १९९१ मा शिया अरबले इराकको दक्षिणमा र कुर्दहरूले इराकको उत्तरमा विद्रोह छेडे। पहिलो खाडी युद्धको अन्त्यपछि सुरु भएको थियो यो विद्रोह। एक वर्षअघि इराकी सेनाले कुवेतमा आक्रमण गरेपछि अमेरिकी नेतृत्वको बहुराष्ट्रिय गठबन्धन सेनाले इराकलाई पराजित गरेको थियो। इराकीहरूमा त्यसको तुष बाँकी नै थियो।

फेब्रुअरी १९९१ को मध्यममा बहुराष्ट्रिय बलको भूमि आक्रमण सुरु हुनुअघि, तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले इराकीहरूलाई रक्तपातबाट बच्ने उपाय भनेर एक सन्देश प्रसारण गरेका थिए।

ओलंपिक के दौरान पूर्व राष्ट्रपति बिल क्लिंटन

ओलम्पिकमा क्लिन्टन।

बुसले आफ्नो सन्देशमा भनेका थिए, ‘इराकी सेना र इराकी जनताले मामिला आफ्नै हातमा लिनुपर्छ र तानाशाह सद्दाम हुसेनलाई हटाउनुपर्छ।’

नियन्त्रण बाहिर गयो विद्रोह
शिया र कुर्दहरूले सद्दाम हुसेनविरुद्धको विद्रोहलाई अमेरिकाले सहयोग गर्नेछ भन्ने महसुस गरे र मार्चमा विद्रोह सुरु भयो। बसरा र अन्य इराकी सहरमा सयौं नागरिक सडकमा उत्रिए। यी निहत्था मानिसहरूले सरकारी भवनहरू कब्जा गर्न थाले, जेलमा थुनिएका मानिसहरूलाई रिहा गर्न र साना हतियार पसलहरू कब्जा गर्न थाले।

विद्रोह यस्तो स्तरमा पुगेको थियो कि सद्दाम हुसेनको सेनाले देशका १८ मध्ये १४ प्रान्तको नियन्त्रण गुमायो र लडाईं बगदादबाट केही माइल मात्र टाढा आइपुग्यो।

विद्रोह देशभर फैलिएपछि अमेरिकी अधिकारीले इराकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र सद्दाम हुसेनलाई सत्ताबाट हटाउने आफ्नो नीति कहिल्यै नभएको कुरामा जोड दिए।

खाडी युद्धको अन्त्य र विद्रोहीहरूलाई अमेरिकी सहायताको अभावको साथ, सद्दाम हुसेनले शिया र कुर्दहरूविरुद्ध दमनको सबैभन्दा क्रूर अभियान सुरु गरे। केही महिनाको अन्तरालमा नै हजारौं मानिसको हत्या गरियो।

अवधिमा रायदले सद्दामका काकाको छोरा (भाइ) अली हसन अल–माजिदलाई देखेका थिए। सद्दामको यो भाइलाई केमिकल अली भनेर चिनिन्थ्यो। उसलाई विद्रोही दमन गर्ने र बसरा विश्वविद्यालयका विद्यार्थीहरूलाई उभिएर गोली हान्ने जिम्मेवारी दिइएको थियो।

त्यसबेला अमेरिकाले इराकमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो र त्यसको असर आम जनतामा पर्न थालेको थियो। रायदका अनुसार जनतासामु दैनिक रोजीरोटी र भातको आवश्यकता पूर्ति गर्न संकट परेको थियो। राइदले पनि यो संकटबाट बाहिर निस्कनेबारे सोच्न थालेका थिए। अन्य इराकीहरूसँग यो सुविधा थिएन, तर रायदसँग प्रतियोगिताहरूमा भाग लिन विदेश जाने अवसर थियो।

अवसर भए पनि इराकको शीर्ष एथ्लेट हुनु भनेको सद्दाम हुसेनको कुख्यात र क्रूर छोरा उदय हुसेनसँग सामना गर्नु पनि थियो। उदय हुसेन त्यतिबेला इराकी ओलम्पिक कमिटी र इराकी फुटबल संघका अध्यक्ष थिए।

राएद

सन् १९६६ मा इराकी झन्डा लिएका एथ्लेट।

‘उनले जे चाहन्थे त्यो गर्थे। किनकि उनी सद्दामका छोरा थिए,’ उनले भने।

उदय हुसेन खेलाडीको गल्तीलाई दण्डित गर्ने कुरामा पनि कुख्यात थिए। कुनै खेलाडीले पेनाल्टी मिस गर्‍यो, खेल मैदानमा रातो कार्ड बेहोर्‍यो वा उसको प्रदर्शन सोचेभन्दा कम भएमा उदयले ती खेलाडीलाई बिजुलीको झटका दिने, ढलको पानीमा नुहाउन बाध्य पार्ने लगायतका सजाय दिन्थे। कहिलेकाहीँ त फाँसीसमेत दिने गर्दथे।

रायदले भने, ‘उनले जे चाहन्थे, त्यो गर्थे, किनभने उनी सद्दामका छोरा थिए।’ अन्तर्राष्ट्रिय प्रतियोगितामा उदयको अपेक्षा धेरै नहोस् भनेर रायदले सँधै आफूलाई बचाउने प्रयास गरेका थिए।

उनी सम्झन्छन्, ‘मैले कैद भुक्तान गरेर जेलबाट छुटेका खेलाडी देखेको थिएँ। फुटबल र बास्केटबल खेलाडीले प्रतियोगितामा भाग लिन जाँदा होसियार हुन भन्थे। किनभने उदयले धेरै खेलाडीको हत्या गरेका थिए।’

रायदले अगाडि भने, ‘उदयले स्वर्ण जित्न सक्छौ नि भनेर सोध्ने गर्दथे, म सकिँदैन भन्ने गर्थें, स्वर्ण जित्न कम्तीमा चार वर्ष मेहनत गर्नुपर्ने हुन्छ। बसरामा कम खाना र थोरै पानीको साथ यो गाह्रो हुन्थ्यो। त्यसै पनि भारोत्तोलनको लागि धेरै खाना र शारीरिक थेरापी चाहिन्छ।’

बिस्तारै रायदले महसुस गर्न थाले कि अन्तर्राष्ट्रिय प्रतियोगिता नै इराकबाट बाहिर निस्कने उत्तम तरिका हुन सक्छ। यसपछि उनले पहिलेभन्दा कडा मेहनत गर्न थालेपछि दिनको दुई सत्रमा अभ्यास गर्न थाले। राम्रो गर्न, हप्ताको पाँच दिन अभ्यास गर्न थाले।

रायद सन् १९९५ मा विश्व भारोत्तोलन च्याम्पियनसिपमा भाग लिन चीन गएका थिए तर त्यहाँ चिनियाँ अधिकारीहरूको निगरानी यति तीव्र थियो कि उनले भाग्ने प्रयाससमेत गर्न सकेनन्। यद्यपि उनको प्रदर्शन राम्रो थियो र उनी ओलम्पिकको टिकट पाउन सफल भए। उनले एटलान्टा ओलम्पिकको टिकट पाए।

अमेरिकामा भाग्ने योजना
अमेरिकामा धेरै राम्रा अवसर पाइने थाहा पाएका थिए उनले। ओलम्पिक खेल्न जानुअघि उनले अमेरिकामा रहेका साथीसँग सम्पर्क गरे। उसले खतराको आकलन गर्न पनि कोसिस गरे।

रायदले इराक फिर्ता पठाइयो भने के होला भनेर सोचे? उनलाई फिर्ता पठाइयो भने परिवारको के होला? तिनीहरू कसरी इराकी अधिकारीको निगरानीबाट उम्कन सक्षम होलान्? रायदलाई त यो पनि थाहा थिएन कि उनको जहाज अमेरिकामा अवतरण गर्दा भाग्न सम्भव हुनेछ वा छैन।

ओलम्पिक भिलेजमा आइपुगेपछि रायद छिमेकीसँग खुबै मिले ताकि कसैले उसलाई शंका नगरोस्। अन्ततः उनलाई त विश्व खेलकुदको महाकुम्भमा राष्ट्रिय झण्डा बोकेर मार्चपासमा सहभागी बन्ने जिम्मेवारी दिइएको थियो।

उद्घाटन समारोहअघि सद्दाम हुसैनका पूर्वअनुवादक अम्मार महमूदले उनलाई राष्ट्रपति क्लिन्टनलाई नहेर्न धेरै पटक सम्झाएका। अम्मर पनि ओलम्पिक टोलीसँग एटलान्टामै थिए। रायदले भने, ‘इराकीहरू अमेरिका र उनीहरूका राष्ट्रपतिलाई मन पराउँदैनन्, उनीहरूले त्यो देखाउन चाहेका थिए।’

जब रायदले जुलाई १९, १९९६ मा ओलम्पिक ट्र्याकमा पाइला टेके, महमूद उनको पछाडि उभिरहेका थिए। रायदका अनुसार महमूदले उनलाई क्लिन्टनलाई हेरिरहेको देखे तर केही भनेनन्।

राएद

रायद।

वास्तवमा, क्लिन्टनले इराकी दलका लागि ताली बजाएको देखेर इराकी अधिकारीहरू छक्क परेका थिए। यसपछि रायदको मनमा शंका समाप्त भयो, उनले इराक नफर्कने निर्णय गरे तर अमेरिकामा कसरी बस्ने भन्ने प्रश्न अझैसम्म ज्युँका त्युँ थियो।

रायदले अमेरिकामा रहेका आफ्ना साथी मोहसिन फरीदीलाई फोन गरेर आफ्नो योजना बताए। यसपछि युनिभर्सिटी अफ जर्जियाबाट इन्जिनियरिङमा स्नातक गरेका इन्तिफाद कुम्बर उनलाई भेट्न ओलम्पिक भिलेजमै आए। किनभने गेम्स भिलेजमा प्रवेश गर्न उनीसँग पाससमेत थियो।

रायदले उनलाई त्यहाँबाट निकाल्न मद्दत मागे। दुवैले गोप्य रूपमा भेटे तर रायदलाई शंका थियो। रायदले भने, ‘इराकी ओलम्पिक अधिकारीहरूलाई म अमेरिकामा बस्न चाहन्छु भन्ने शंका लाग्यो, उनीहरूले मलाई यहाँ बस्न अनुमति नभएको र त्यसो गरेमा जेल सजाय हुन सक्ने चेतावनी दिएका थिए।’

तर रायद आफ्नो नियतमा अडिग थिए। उनको योजना तयार थियो, तर त्यसअघि उनले प्रतियोगितामा भाग लिनुपर्ने थियो। उनले आफ्ना प्रतिस्पर्धीलाई चुनौती दिन सकेनन्। उनले दुई टेकमा कुल ६६५ दशमलब ६ पाउन्ड उठाउँदै अन्तिमबाट तेस्रो स्थान हाँसिल गरे। प्रतियोगिताबाट बाहिरिएपछि, उनी ओलम्पिक गाउँबाट भाग्न कटिबद्ध थिए।

जब रायद भाग्न सफल भए
जुलाई २८, १९९६ मा इराकी ओलम्पिक टोली नजिकैको चिडियाखाना जाने तयारी गरिरहेको थियो। जब टोलीका सदस्यहरू बिहानको खाजा जान थाले, रायदले आफूले कोठामा केही बिर्सेको बहाना गरे।

त्यसपछि उसले तुरुन्तै आफ्नो झोला प्याक गरे र ओलम्पिक गाउँबाट बाहिर निस्किए। कुम्बर र फरीदी बाहिर कारमा उनलाई पर्खिरहेका थिए, रायद कारमा चढेर भाग्न सफल भए।

रायद सम्झन्छिन्, ‘त्यतिबेला म मेरो परिवारको बारेमा मात्र सोचिरहेको थिएँ। म ती व्यक्तिहरूको बारेमा चिन्तित थिएँ। मलाई इराकी अधिकारीहरूले मेरो भाग्ने योजनाबारे थाहा पाएपछि के हुनेछ भनेर चिन्ता गरिरहेको थिएँ। म आफ्नो लागि डराएको थिइन किनभने मलाई राम्रो मान्छेको सहयोग मिलेको थाहा थियो र कुनै खतरा थिएन।

भागेपछि बढ्यो कठिनाइ
भागेपछि मेरो परिवारको बारेमा डर र चिन्ता थियो। इराकी अधिकारीसँग उनका सबै कागजात भएकाले रायदसँग राहदानी थिएन। त्यसैले उनले एक इराकी अमेरिकी वकिललाई भेटे जो न्यूयोर्कबाट उनलाई मद्दत गर्न आएका थिए। त्यसपछि उनीहरू अध्यागमन एजेन्सीमा गए र उनीहरूलाई अमेरिकामा बस्ने रायदको इच्छाबारे बताए।

त्यसपछि रायदका लागि पत्रकार सम्मेलन आयोजना गरी विश्व सञ्चारमाध्यमको अगाडि बोल्न भनिएको थियो। त्यो प्रेस सम्मेलन पछि, न्युयोर्क टाइम्सले रायदको भनाइबारे हेडलाइन छाप्यो,‘म मेरो देशलाई माया गर्छु। तर मलाई त्यहाँको सरकार मन पर्दैन।’

यो पत्रकार सम्मेलनपछि उदय हुसेनले सिएनएन अफिसमा फोन गरेर तिम्रो सम्पूर्ण परिवारलाई बन्धक बनाएको हुनाले फर्किनु पर्ने सन्देश दिएको रायले बताए।

तर जब रायदले इराक फर्कन अस्वीकार गरे, उनका परिवारका सदस्यहरूलाई रिहा गरियो। तर रायदले परिवारसँग एक वर्षभन्दा धेरै समय गफगाफ गर्न सकेनन्।

रायदले भने, ‘परिवारका लागि यो धेरै गाह्रो थियो किनभने मानिसले उनीसँग कुरा गर्न पनि मन पराउँदैनन्। मेरी आमा विद्यालयकी निर्देशक थिइन्, मेरै कारणले उनलाई बर्खास्त गरिएको थियो।’

शरण पाएपछि उनले आफ्नी श्रीमतीको नक्कली इराकी राहदानी बनाउन लाग्ने खर्च जुटाउनको लागि हप्ताको सातै दिन काम गरेको राइदले बताए। १९९८ मा उनकी श्रीमती जोर्डन पुग्न सफल भइन् र अमेरिका पुग्न त्यहाँ संयुक्त राष्ट्रका अधिकारीहरूसँग मद्दत मागिन्।

अपने बच्चों के साथ राएद, 2019 की तस्वीर

रायदको परिवार।

राइद र उनकी श्रीमती डियरबोर्न, मिसिगनमा बस्न थाले। राइद र उनको परिवार अझै पनि तहाँ नै बस्छन्। दुवैका पाँच सन्तान छन्। यस क्षेत्रमा ठूलो संख्यामा अरब समुदायको बसोबास छ। सन् २००३ मा इराक युद्ध सुरु भएपछि हजारौं इराकीहरूले यस क्षेत्रमा शरण लिएका थिए।

‘डियरबोर्न पनि बगदाद जस्तै हो,’ रायद हाँस्छन्। रायदले यहाँ पुराना कार किन्ने र बेच्ने व्यवसाय सुरु गरे र भारोत्तोलन प्रशिक्षकको रूपमा पनि काम गर्न थाले। उनले तहाँ इराकीहरूले सुरु गरेको फुटबल र बास्केटबल टोलीलाई पनि प्रशिक्षण दिएका थिए।

सन् २००४ मा सद्दाम हुसेनको पतनपछि उनी पहिलो पटक इराक र आफ्नो गाउँ फर्केका थिए। उनी सम्झन्छन्, ‘पूरा परिवार मलाई पर्खिरहेको थियो। सबैले मलाई हेर्न चाहन्थे। मैले ती मानिसहरूलाई सन् १९९६ देखि देखेको पनि थिइनँ। मलाई देखेपछि उनीहरू रुन थाले, उनीहरूले मलाई फेरि हेर्दैछन् भनेर विश्वासै गर्न सकेनन्।’

रायदका बाबुआमा अझै बसरामा नै बस्छन्, कोरोना संक्रमण हुनुअघि उनीहरू हरेक वर्ष आफ्नो छोरालाई हेर्न अमेरिका पुग्ने गरेका थिए। भविष्यबारे रायद भन्छन्- उनी सम्भवतः मिसिगनमै बस्नेछन्, यद्यपि इराक जस्तो मौसममा कतै बसोबास गर्ने विचार सधैं लोभलाग्दो हुनेछ। उनी हाँस्दै सुनाउँछन्, ‘म फ्लोरिडा जान चाहन्छु, किनभने त्यहाँको मौसम इराकजस्तै छ। डिसेम्बरदेखि फेब्रुअरीसम्म मिसिगनमा बस्न गाह्रो हुन्छ। त्यहाँ धेरै जाडो हुन्छ र हिउँ पर्छ। म यहाँ आउनुअघि कहिल्यै हिउँ देखेको थिइनँ। तीन चार इन्च हिउँ परेपछि पनि मानिसहरू कसरी बाहिर निस्कन्छन्, आश्चर्य लाग्छ।’

बीबीसी हिन्दीबाट

प्रकाशित: २०७९ चैत ११ गते शनिवार ०८:०३
Sanket

जर्ज राइट

राइट बीबीसीका संवाददाता हुन्।
प्रतिक्रिया

थप समाचार

पश्चिम एसिया युद्ध: जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दै ट्रम्प

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय...

होर्मुज स्ट्रेटबारे ठूलो जोखिम लिइरहेको इरानसँग अब तीन विकल्प

तेहरानले आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य, आर्थिक प्रतिबन्धहरूमा सहजता तथा भविष्यमा थप आक्रमणबाट सुरक्षा चाहने छ। तर, त्यसो गर्नु आर्थिक तथा सैनिक हिसाबले सम्भवतः सबैभन्दा...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको १०० डलरमाथि

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ १००.६ डलर पुगेको छ। यस्तै मुरवान क्रुडमा ब्यारेलको १०५ डलर पुगेको छ।

हर्मुज जलमार्ग खुला राख्न आसियानको अनुरोध

मनिला,एएफपी। अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा बढ्दो जोखिम देखिएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले अन्तर्राष्ट्रिय जलघाँटीमा निर्बाध...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना