हराएका पति डार्बिन कहाँ होलान् भन्ने एन्जेलिकालाई पहिले अनुमान त थियो, यद्यपि ढुक्क भने थिइनन्। एल साल्भाडोर सरकारले सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा अपलोड गरिएको एउटा फुटेजले उनको शंकालाई पुष्टि गरिदियो।
भिडियोका सबै फ्रेम स्क्रोल गरेर एन्जेलिकाले २५ मिनेटको फुटेज हेरिन्। भिडियोमा देखिएका पतिलाई चिनिहालिन्। उनका पति कैदीसँग हात मिलाउँदै थिए। एन्जेलिकाले भिडियो रोकिन्, फेरि चलाइन्, फेरि हेरिन्।
टाउको खौरिएको भए पनि सेतो तालुमा डार्बिनले केही लगाएका थिएनन्। ११ महिनाअघि गिरफ्तारीपछि पहिलो पटक एन्जेलिकाले पति डार्बिनलाई देखेकी थिइन्।
डार्बिनलाई एल साल्भाडोरको कुख्यात जेल, सेन्टर फर कन्फाइनमेन्ट अफ टेररिज्म (एसईसिओटी-सिकोट) मा राखिएको थियो। त्यो जेल जनवरीमा राजधानी सान साल्भाडोरबाट ७४ किमी (४६ माइल) दक्षिणपूर्वमा टेकोलुकामा राष्ट्रपति नायब बुकेलेले उद्घाटन गरेका थिए।
उद्घाटनको लामो समय नबित्दै सिकोट राष्ट्रपति बुकेलेविरुद्ध युद्धको प्रतीक बनेको थियो। एल साल्भाडोरको सुरक्षा मन्त्रालयले मार्च २०२२ मा सुरु भएदेखि अहिलेसम्म कम्तीमा ६८ हजार मानिसलाई हिरासतमा लिइएको छ।
हजारौं साल्भाडोरवासीले महिनौंदेखि हिरासतमा रहेका आफ्ना आफन्तको खबर सुन्न पाएका छैनन्। मानिसहरू या त भिडियोमा आफन्तहरू खोजिरहेका छन् वा एन्जेलिकाले जस्तै चित्रहरूमा। सुरक्षा व्यवस्था केही कम गरिएको कारागारमा रहेकाहरू जेलको पर्खालमा बनाइएका ससाना प्वालबाट बाहिरी संसार हेर्छन्।

राष्ट्रपति बुकेलेको यो अभियानका कारण देशमा संकटकाल छ। तर यो अभियान संसारको सबैभन्दा हिंसात्मक देशहरू मध्ये एक एल साल्भाडोरमा घरेलु रूपमा भने लोकप्रिय छ। जनवरीमा सीआईडी ग्यालपले एक हजार २०० नागरिकहरूबीच गरेको सर्वेक्षणले ९२ प्रतिशत नागरिक राष्ट्रपतिको पक्षमा रहेको सार्वजनिक गरेको छ।
जनताले बुकेलेलाई पनि मन किन पराए त? किनभने उनी सत्तामा आएपछि हत्याका घटनामा उल्लेख्य कमी आएको छ। खासगरी साल्भाडोरवासीलाई धम्क्याउनेलाहरूको संख्यामा पनि कमी आएको छ। जुन क्षेत्रमा बुकेले बसोवास गर्दथे। उनी सत्तामा आएपछिको परिवर्तनलाई जनता नोट गर्छन्, विशेष त्यही पहिले नागरिकलाई डर देखाउने धम्क्याउने गिरोहहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूमा। यस्ता गिरोहका लडाकुहरूले आम जनतालाई भन्ने गर्थे– ‘हेर, सुन तर मुख बन्द गर’। तर अब सर्वसाधारण यस्ता गिरोहको प्रभावमा रहेका क्षेत्रबाट हिंसाको डर वा आशंका बिनै आवतजावत र हिँडडुल गर्न सक्छन्।
एल साल्भाडोर सरकारका अनुसार सिकोटमा ४० हजार कैदीहरूलाई राख्न सकिन्छ। दुई प्रतिद्वन्द्वी गिरोहहरू, मारा साल्वात्रुचा (एमएस १३) र ब्यारियो १८ का उच्च पदस्थ सदस्यहरू पनि यही कारागारमा0 छन्। यी दुई गिरोहबीचको युद्धका कारण एल साल्भाडोरमा दशकौंदेखि आतंक र रक्तपातपूर्ण द्वन्द्वको अवस्था रहेको थियो।
बारम्बार अनुरोध गरेपछि मात्र बीबीसीलाई सिकोटमा प्रवेश गर्न दिइयो। तर, सरकारले जारी गरेको जानकारी, कारागार खोल्नुअघि त्यहाँ पुगेका सञ्चारमाध्यमले खिचेका भिडियो र तस्बिर, साल्भाडोरका अधिकारीसँगको अन्तर्वार्ता र जेल निर्माणमा संलग्न एक इन्जिनियरले नाम नखुलाउने शर्तमा दिएको जानकारीका आधारमा बीबीसीले कारागारको आकार बनाउने प्रयास गरेको छ।
सिकोट मा २५६ सेलहरू रहेका छन्। यसको कूल क्षमता ४० हजार कैदी राख्न सक्ने छ, त्यसैले नयाँ ब्लक नबन्दा १५६ कैदीलाई एउटै कक्षमा राखिनेछ।
कैदीहरूलाई सुत्नको लागि बिछ्यौनाको सट्टा धातुको प्लेट राखिएको छ।
कारागारका कक्षमा हिराको आकारको जालीहरू राखिएका छन्, जालीबाहिरबाट कैदीहरूलाई सुरक्षा गार्डले पहरा दिन्छन्। जालीहरू ठोस धातुबाट बनेका हुन्छन् ताकि कुनै पनि कैदीले ती तार काटेर भाग्न नसकुन्।
बन्दीहरूको लुगा धुनका लागि प्रत्येक कक्षमा दुईवटा वासबेसिन छन् भने खुलामा दुई वटा शौचालय पनि छन्। यहाँ वर्षभरि धेरै तातो र आर्द्र हुन्छ, तर यी कक्षहरूमा कुनै झ्याल, पंखा र एयर कन्डिसनरहरू छैनन्।

अधिकारीहरूका अनुसार कैदीहरूले अनलाइन सुनुवाइ वा एकान्त कारावासको समयमा मात्र कक्ष छोड्न सक्छन्।
यो साझा कक्षमा प्रत्येक कैदीको लागि कति ठाउँ छ थाहा छैन। बीबीसी मुन्डोले जेल निर्माणको जुन योजना देखेको छ, त्यसको विश्लेषणको आधारमा प्रत्येक कोठा ७.४ मिटर ×१२.३ मिटर वा ९१.०२ वर्गमिटरका छन्। हिसाब गर्दा एउटा कक्षमा रहेका कैदीबन्दीको कूल संख्याका आधारमा प्रत्येक कैदीका लागि ०.५८ वर्गमिटर ठाउँ हुनेछ। तर रेडक्रसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार साझा कक्षमा प्रत्येक कैदीका लागि ३.४ वर्ग मिटर ठाउँ सिफारिस गरेको छ।
एल साल्भाडोरका अधिकारीहरूले सिकोटमा रहेका कैदीहरू कहिल्यै रिहा हुने आशा गरेका छैनन्।
हाल सिकोटमा कति कैदी छन् भन्ने खुलाइएको छैन। अधिकारीहरूले यहाँ दुई पटक कैदी सार्ने सार्वजनिक घोषणा गरे पनि प्रत्येक पटक दुई हजार कैदी यहाँ ल्याइएका छन्।
अधिकारीहरूका अनुसार सिकोटमा बाहिरको जस्तो मनोरञ्जन गर्ने ठाउँ छैन, न त परिवारका सदस्यहरूलाई जेल भित्र जान नै दिइन्छ। यो बन्दीहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दिशानिर्देशहरूको उल्लङ्घन पनि हो।
त्यहाँ कुनै सार्वजनिक मापदण्ड छैन जसको लागि सिकोटमा बन्दीहरू राखिएको छ। यहाँ नयाँ कैदी राखिएको हो वा अन्य कारागारबाट मात्रै कैदी सारिएको हो भन्ने पनि स्पष्ट भएको छैन।
कारागारभित्र कैदीबन्दीलाई कसरी खुवाउने वा हेरचाह गरिन्छ भन्ने बारेमा निकै कम जानकारी उपलब्ध छ। भान्सा, भोजन कक्ष, पसल वा अस्पताल जस्ता सुविधाहरूको कुनै जानकारी वा तस्बिरहरू सार्वजनिक गरिएको छैन।

सिकोटमा अत्याधुनिक सुरक्षा व्यवस्था रहेको अधिकारीहरूको दाबी मात्र छ। प्रवेश गर्न स्क्यानिङ प्रणाली, विशाल निगरानी नेटवर्क, अत्याधुनिक हतियारबाहेक पनि त्यहाँ धेरै कुराहरू छन्।
यातना रोकथामसम्बन्धी संयुक्त राष्ट्र संघको उपसमितिका पूर्व सदस्य मिगुएल सार्रेले भने, ‘यो जेल कंक्रिट र स्टिलको खाडल हो। जसले मृत्युदण्ड बिना नै मानिसहरूलाई निप्ट्याउने कोशिस गरिन्छ।’
जाकाटेकोलुका सहरका वरिष्ठ न्यायाधीश र राष्ट्रपति बुकेलको आपतकालीन शासनको खुलेर आलोचना गर्ने केही मजिस्ट्रेटहरू मध्ये एक एन्टोनियो डुरान, सार्रेसँग सहमत देखिन्छन्।
उनी भन्छन्, ‘कानुनको शासनमा चल्ने देशमा कसैको स्वतन्त्रता खोस्नु पनि दण्डनीय हो वा सजाय दिनु हुन्छ। अपराधीलाई उसको स्वतन्त्रता खोसेर दण्डित गरिएको हुन्छ। जेलभित्र पसेर मात्रै पनि कैदीहरू स्वतन्त्रताबाट वञ्चित भएको कुरा यहाँ बुझ्न सकिन्छ। यो गलत मात्रै होइन अपराध पनि हो। यो प्रताडना हो।’
एल साल्भाडोर सरकारले सिकोटलाई आफ्ना कैदीहरूको लागि अन्तिम उपायको रूपमा हेर्छ। एल साल्भाडोरका कानून र सार्वजनिक सुरक्षामन्त्री गुस्ताभो भिलाटोरोले बीबीसी संवाददाता विल ग्रान्टलाई भनेका छन्, ‘सिकोट कैदीहरू आफ्नो समुदायमा कहिल्यै फर्कने छैनन् भनेर हामीले साल्भाडोरवासीहरूप्रति प्रतिबद्धता जाहेर गरेका छौँ। हामी उनीहरू कहिल्यै नफर्कने गरी मुद्दाहरू लगाउने छौं।’
उनले अगाडि भने, ‘हाम्रो लागि सिकोट न्यायको सबैभन्दा ठूलो स्मारक हो। हामीसँग लुकाउन केही छैन।’ यही मे महिनामा राष्ट्रपति बुकेलेको टिप्पणीले यसलाई दोब्बर प्रतिबद्धताका साथ व्यक्त गरेको देखिन्छ।
उनले ट्विट गर्दै भनेका छन्, ‘मानव अधिकारका लागि काम गर्ने सबै गैरसरकारी संस्थाहरूलाई भन कि हामी यी रक्तपात गर्ने हत्यारा र उनीहरूका सहयोगीहरूलाई मेटाउन गइरहेका छौं, हामी उनीहरूलाई जेलमा हाल्नेछौं र उनीहरू कहिल्यै बाहिर आउने छैनन्।
सिकोटका कतिजना कैदीविरुद्ध दर्ता भएका मुद्दाहरूमा दोषी ठहर भएका छन् भन्ने अहिलेसम्म थाहा छैन।
बीबीसीले एल साल्भाडोर सरकारलाई जेलमा कुनकुन कैदीहरूलाई राखिएको छ र उनीहरूलाई राख्ने आधार के हो भनेर प्रश्न गरेको थियो। यो जेलमा ४० हजार कैदीलाई कसरी राख्ने र उनीहरूको परिवारलाई किन स्थानान्तरणको बारेमा जानकारी गराइएको छैन भनेर पनि सोधेको थियो। तर प्रश्नहरूको कुनै जवाफ नपाएको बीबीसीको भनाइ छ।
केही हप्ता अघि बीबीसीको टोली जेलको नजिक पुग्यो।
जेलमा परेको कुख्यात मेक्सिकन ड्रग कार्टेललाई उल्लेख गर्दै यस क्षेत्रमा तैनाथ एक प्रहरी अधिकारीले भने, ‘एल चापो पनि त्यहाँबाट भाग्न सकेन।’ एल चापो यसअघि कैयौं जेलबाट भागिसकेका थिए। तर जब उनी त्यो जेलमा परे उनी भाग्न सकेका छैनन्।

कारागार परिसर करिब २३ हेक्टर (५७ एकड) क्षेत्रफलमा फैलिएको छ। यसमा आठ खण्डहरू छन्, प्रत्येकमा ३२ कक्षहरू छन्। पछिल्ला महिनामा आफ्नो जीवनमा धेरै सुधार भएको प्रहरीको भनाइ छ।
कारागार बाहिर रहेका जाली बारका दुई सेट छन् जुन पूर्ण रूपमा विद्युतीय छन्। यसबाहेक कारागारलाई दुईवटा पक्की पर्खालले घेरेको छ। बाहिरी पर्खालको परिधि २.१ किमी (१.३ माइल) छ भने अवलोकनका लागि १९ टावरहरू छन्। आजभोलि त पुलिसहरूले पनि भन्ने गरेका छन् कि उनीहरूको जीवनमा धेरै सुधार आएको छ।
‘पहिले, मेरो समय सबै प्रकारका जोखिमबीच विभिन्न गिरोहका सदस्यहरूलाई उनीहरूको घरबाट समात्नमा बित्थ्यो। अहिले म चेकपोस्टहरूमा दिन बिताउँछु। कहिलेकाहीँ कफी पिउने समय हुन्छ,’ एक प्रहरी अधिकारीले भने।
उनका अनुसार पनि आपराधिक गिरोहद्वारा नियन्त्रित क्षेत्रका नागरिकहरू राष्ट्रपति बुकेलेको नीतिलाई समर्थन गरेको देखिन्छ।
सान साल्भाडोरको बाहिरी भागमा रहेको ला क्याम्पानेरामा बस्ने डेनिसले बीबीसीलाई भनेः ‘राष्ट्रपतिले अभियान सुरु नगरुन्जेल यो ठाउँ सुरक्षित थिएन। मलाई लाग्छ कि आपतकालीन शासन सबैभन्दा राम्रो निर्णय थियो जुन गर्न सकिन्थ्यो र उहाँ अहिलेसम्मकै उत्कृष्ट राष्ट्रपति हुनुहुन्छ।’
अर्कोतर्फ, २३ वर्षीया मारियाको कुरा भने विल्कुलै फरक छ। जसलाई जो सिकोटबाट अलि टाढा रहेको एल मानियाडेरोमा उनको घरमा भेटिएकी थिइन्। उनको विचार बिल्कुलै फरक छ। उनकी आमाको साथीले छ महिना यो जेल निर्माणमा काम गरे र पछि अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परे।
मारिया भन्छिन् कि उनी अब बाहिर जाने जोखिम उठाउन पनि सक्दिनन। उनको साथी र तीन वर्षीया बालिका जेसिकाकी आमालाई पनि प्रहरीले आपत्कालीन व्यवस्थामा लगेको छ।
‘अब एल साल्भाडोरमा जवान हुनु अपराध भएको जस्तो देखिन्छ,’ मारिया भन्छिन्।
बीबीसीले तथाकथित आपतकालिन अवस्था अन्तर्गत हिरासतमा रहेका कैदीका दर्जनौं आफन्तहरूसँग कुरा गरेको थियो, जसमध्ये सबैले समान अनुभवहरू साझा गरेका छन्।
उनीहरूले आफ्ना परिवार र साथीहरूलाई बिना वारेन्ट घरबाट हिरासत केन्द्र वा जेलमा लगिएको बताए। त्यसपछि दर्जनौं अन्य कैदीहरूसँग उनको समूहको अनलाइन सुनुवाइ सुरु भयो। तिनीहरूमा, न्यायाधीशले पूर्व परीक्षण हिरासतमा राख्न आदेश दिन्छन् ताकि यस अवधिमा अभियुक्तहरू विरुद्ध आधिकारिक मुद्दाको लागि प्रमाणहरू जम्मा गर्न सकियोस्। यो प्रक्रिया महिनौं मात्र होइन वर्षौंसम्म चल्न सक्छ।
एल साल्भाडोरमा मानवअधिकारका मुद्दाहरूमा काम गर्ने गैरसरकारी संस्था क्रिस्टोसलको मे महिनाको रिपोर्ट अनुसार अभियानको पहिलो वर्षमा देशभरका अन्य जेलहरूमा यातना, कुटपिट वा स्वास्थ्य सेवाको अभावबाट दर्जनौं कैदीहरूको मृत्यु भएको छ।
प्रतिवेदनप्रति सरकारले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। तर मे २४ मा पदभार ग्रहण गरेका देशका मानवअधिकार आयुक्त एन्ड्रेस गुजमान काबालेरोले एक मिडिया कार्यक्रममा यो रिपोर्ट ‘चिन्तित’ भएको स्वीकार गरे।

उनले भने, ‘कारागारमा दुई–तीनवटा गिरोहका व्यक्ति संलग्न हुँदा उनीहरुको आपसमा धेरै झगडा हुन्छ। यसले कैदीको ज्यानसमेत जान सक्छ। यस्ता मृत्युको प्रत्येक घटनाको समीक्षा गर्नुपर्छ।’
‘सिकोट विशेष चिन्ताको विषय हो किनभने यो निगरानी गर्न धेरै गाह्रो छ, ’ क्रिस्टोसलको रिपोर्टमा लेखिएको छ।
एल साल्भाडोरका पूर्व पुलिस महानिरीक्षक र क्रिस्टोसलका कानुनी प्रमुख जाइरा नाभासका अनुसार पनि सिकोटको अवस्था अमानवीय र अपमानजनक हुन सक्छ किनभने त्यो जेलमा कसैको पहुँच छैन।
कुनै वकिल, कुनै सांसद मात्र होइन मिडियाले समेत भित्रको अवस्थाको पुष्टि गर्न सकेका छैनन्।
जहाँसम्म एन्जेलिकाको सम्बन्ध छ, जसले सिकोटको फुटेजमा आफ्नो पति देखिन्। उनले अब आफ्नो श्रीमानको अवस्थाबारे कुनै जानकारी लिने योजना बनाएको बताइन्। ‘प्रयास गरिरहनु बाहेक अरू कुनै उपाय छैन। मैले यो मेरो छोराछोरी र मेरो श्रीमानको लागि गर्नु पर्छ,’ उनले भनिन्।
(बीबीसीमा प्रकाशित यो सामग्री विनयज्योति सापकोटाले भावानुवाद गरेका हुन्।)
