काठमाडौं– प्रभु बैंकको धुलिखेल शाखा र धुलिखेल डेन्टल केयर प्रालिबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले डेन्टल केयरबाट सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समूहका व्यक्तिको दाँत उपचार शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।
सम्झौतापत्रमा बैंकको धुलिखेल शाखा प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका प्रबन्ध सञ्चालक अमिर हमालले हस्ताक्षर गरे। बैंकले काभ्रेमा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोट गरी आठ शाखाबाट वित्तीय सेवा दिँदै आएको छ।
हाल बैंकले ३०१ शखा, ७१ एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र २७५ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।


