धनगढी– एक जना मन्त्री र एक जना राज्यमन्त्री लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ।
भागबन्डामा चित्त नबुझाएर सरकारमा नभएको नाउपाले सरकारमा सहभागी हुने तय गरेको हो।
नाउपा प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार पार्टीले कृषि तथा सहकारी मन्त्री पाउने टुंगो लागेको छ। राज्यमन्त्रीले पाउने मन्त्रालय भने टुंगो लाग्न बाँकी छ।
नाउपाले रामेश्वर चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ। मुख्यमन्त्री काठमाडौँमा रहेकाले उनी फर्किएपछि शपथको कार्यक्रम हुने बताइएको छ।
पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर ज्यान गएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि खाली रहेको छ। मन्त्रालय कांग्रेसले नै राख्ने बताइएको छ।


