२०८३ कार्तिक १३ गते बिहिबार

सर्वोच्चको आदेशविपरीत ६० वटा डोजर लगाएर हेटौँडा बजारका घर भत्काउने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ११
hetauda

हेटौँडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत् मकवानपुरको हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि ६० वटा डोजर प्रयोग गरिने भएको छ। सर्वोच्च अदालतले तत्कालका लागि घर नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपनि सडक डिभिजन कार्यालय हेटौँडाले बजार क्षेत्रका घर भत्काउन ६० डोजर तयार गरेको हो।

कार्यालयका प्रमुख राजेश यादवले सर्वोच्चको आदेश आएको भएपनि सडक विस्तार कार्य नरोकिने बताए। ‘सडक विस्तारको तयारी अगाडि बढिसकेको छ,’ उनले भने, ‘हामी उपयुक्त समयको प्रतीक्षामा छौँ। हाम्रो काम रोकिन्न।’

यादवका अनुसार हेटौँडा बजार क्षेत्रको ३४१ घरधनीहरुले २०७३ मा नै दायर गरेको मुद्धाको फैसला भइसकेको छ। सोही फैसलाबमोजिम नै सडक विस्तार कार्य अघि बढ्ने उनको भनाइ छ। ‘सर्वोच्चको पछिल्लो अल्पकालीन आन्तरिम आदेशले नागरिकमा भ्रम सिर्जना गर्‍यो,’ उनको भनाइ छ, ‘सर्वोच्चको आदेशले विस्तार कार्य प्रभावित हुँदैन। साउन १६ मा सडक विस्तार कार्यको सुरुवात हुन्छ।’

तत्कालका लागि अदालतको आदेश अनुसार २५ गज सडक सिमा विस्तार गरिने र सोही अनुसार सडक सीमामा रहेका घरटहरा हटाइने उनले उल्लेख गरे। सडक सीमा २५ मिटर कायम भएकाले उक्त सीमासम्म कायम गर्न आवश्यक ७ फिट जग्गा अधिग्रहणको प्रक्रिया पुरा गरी सडक विस्तार गरिने उनले बताए।

हेटौँडा बजार सडक विस्तार : व्यापारी र राजनीतिक दलबीच जुहारी

‘यो आन्तरिम आदेशले हेटौँडा बजारको विस्तार रोकिदैन। अल्पकालीन आदेश लिएका व्यक्तिको हकमा अदातलले छलफलका लागि जवाफ माग गरेको छ। १६ गते पेसी तोकिएको छ। सोहीअनुसार हामी छलफलमा सहभागी हुन्छौँ। छलफल चल्दै गर्छ, सडक विस्तार कार्य पनि जारी रहन्छ,’ उनले भने।

सडक विस्तारमा अल्पकालीन आदेश प्राप्त भएको घरहरुको हकमा सो घरको फैसलासम्म कुर्ने र अन्य घरहरुको हकमा कानुन र अदालतको आदेशअनुसार अघि बढ्ने उनले बताए।

हेटौँडा बजार क्षेत्रमा सडक विस्तार गर्दा बजार क्षेत्रका थुप्रै संरचना भत्काउँदा ठूलो धनको क्षति हुने भन्दै त्यहाँका निजी क्षेत्रले यसको विरोध गर्दै आएका छन्। राजनीतिक दलहरूले भने संरचना भत्काएरै भए पनि सडक विस्तार गर्नुपर्ने बताउँदै आएका छन्। यसले राजनीतिक र व्यापारिक समुदायबीच बेमेलको स्थिति सिर्जना भएको छ।

हेटौँडाको बजार क्षेत्रमा सडक विस्तार नगर्न सर्वोच्चको आदेश [पूर्णपाठ]

प्रकाशित: २०८० साउन ११ गते बिहिबार १०:३८
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना