काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई मन्त्रालयमा हाजिर हुन पत्र काटेको छ।
निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन मन्त्रालयले पत्र काटेको हो।
‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।
नगरले उपलब्ध गराएको निवासमा मापसे गरी युवतीसँग अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ।


