२०८३ कार्तिक ११ गते मङ्गलबार

व्यवसायी सफल भए समृद्ध नेपाल बनाउन सहयोग पुग्छ : मुख्यमन्त्री अधिकारी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ११
pauwa opening photo

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन सहयोग पुर्‍याउने बताएका छन्। पोखरामा होटल पौवाको ११औं शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले व्यवसायीहरु सफल भए मात्र समृद्ध नेपाल बन्न सक्ने बताएका हुन्। सामूहिक लगानीबाट गरिएको व्यवसायले देशमा रोजगारी सृजना गर्ने उनको भनाइ छ।

‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवाहरु विदेश पलायनमा लागेका छन्, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, ‘सामूहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारीका अवसरसँगै व्यापार व्यवसायले ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन सहयोग पुग्दछ।’

कार्यक्रममा पर्यटनकर्मी गणेश भट्टराईले राजनैनिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए। ‘राजनीतिककर्मीहरु देश सञ्चालन भन्दा राजनीतिक भागबन्दामा लाग्दा युवा नागरिकहरुले नेपालमा भविष्य देखेनन्,’ भट्टराईले भने, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिँदा राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ।’ देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु चुनौतीपूर्ण रहेको बताउँदै धैर्य गरेर अगाडि बढे सफलता प्राप्त गर्ने बताए।

होटल पौवा, पोखराले तीन दिनसम्म होटलमा स्वाद उत्सव मनाउन सुरु गरेको छ। स्वाद उत्सवकै क्रममा भोलि (शनिबार) गजलकार थानेश्वर गौतमको एकल साँझसमेत आयोजना गरिएको होटल व्यवस्थापनले जानकारी दिएको छ।

मिसन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७औं वर्षमा ११औं शाखा पोखरामा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताए। ‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट सुरु गरेको १ सय मिसनको यात्रा ११औँ शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं,’ भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पुर्‍याएको पौवाले कर्णालीको जुम्लादेखि गण्डकीको पोखरामा आइपुगेका छौं।’ उनका अनुसार १२औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ। करिब १० करोडको लगानीमा पौवा प्रालिले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो।

यसैबीच होटल पौवा, पोखराले तीन दिनसम्म होटलमा स्वाद उत्सव मनाउन सुरु गरेको छ। स्वाद उत्सवकै क्रममा भोलि (शनिबार) गजलकार थानेश्वर गौतमको एकल साँझसमेत आयोजना गरिएको होटल व्यवस्थापनले जानकारी दिएको छ।

प्रकाशित: २०७९ चैत ११ गते शनिवार ०७:४५
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना