काठमाडौँ– संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतलाई अनुमोदन गरेको छ। सरकारले सिफारिस गरेका ६ जना राजदूतलाई समितिको बिहीबारको बैठकले अनुमोदन गरेको हो।
सिफारिस हुनेमा न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी छन्।
यस्तै संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईको नाम पनि अनुमोदन भएको छ।
अब राष्ट्रपतिले सम्बन्धित देशका लागि राजदूत नियुक्त गरी पठाउने संवैधानिक व्यवस्था छ ।
