२०८३ कार्तिक १६ गते आईतबार

विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीश सिफारिस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
Capture

काठमाडौ‌- संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।

प्रधानन्यायाधीश पद साउन २० गतेबाट रिक्त हुनेछ। सो पदका लागि श्रेष्ठ सिफारिस भएका हुन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। कार्की गत असार १ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए।

श्रेष्ठ सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीपछि वरिष्ठतम न्यायाधीश हुन्। २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त श्रेष्ठ सरकारी सेवामै लामो समय रहेर सर्वोच्चमा पुगेका हुन्। उनले मानवशास्त्रमा स्नातकोत्तर र कानुनमा डिप्लोमा गरेका छन्। श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएमा २०८१ असोज १९ सम्म बहाल रहनेछन्।

महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय पनि परिषद्को बैठकले गरेको छ।

प्रकाशित: २०८० साउन १८ गते बिहिबार ०८:३३
प्रतिक्रिया

थप समाचार

गगन थापालाई सर्वोच्चको आदेश : विचाराधीन मुद्दामा असर पर्ने गरी नबोल्नू

काठमाडौँ- सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई आदेश दिएको छ। थापाविरुद्ध पेस भएको अदालतको अवहेलना मुद्दामा...

सर्वोच्चमा दर्ता भयो कुलमानको रिट

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ। सर्वोच्च अदालतका...

डा तोषिमा कार्कीले जितिन् मुद्दा

काठमाडौँ- ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद डा तोसिमा कार्कीले मुद्दा जितेकी छन्। आफूलाई निर्वाचन आयोगले उम्मेदवार नरहेको भनी उम्मेदवारी...

डा तोषिमाको सांसद पद रहला कि नरहला? आज फैसला

काठमाडौँ- ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद डा तोसिमा कार्कीको पदका विषयमा आज (फागुन २७) फैसला हुने भएको छ। पछिल्लोपटक यही फागुन ४ गतेका निम्ति...

सर्वोच्चले खारेज गरिदियो सरकारको निर्णय, सीटीईभीटी उपाध्यक्षको नियुक्ति बदर

काठमाडौँ- मन्त्रिपरिषद् बैठकको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्चले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को उपाध्यक्ष ओमप्रसाद बरालको नियुक्ति बदर हुने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना