काठमाडौँ- नागढुङ्गा–नौबिसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ। ‘रेस्क्यू टनेल’ सोमबार खनिसकिने भएको हो।
अब रेस्क्यु सुरुङ खनिसक्न एक मिटर मात्र काम बाँकी रहेको छ। सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ गर्ने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए।
२.६ किलोमिटर लम्बाइको नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी छ। मुख्य सुरुङको ५०६ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ।
विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो।


