काठमाडौँ- संसदीय समितिको नेतृत्व टुंगो लगाउन सभामुखले बोलाएको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीचको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा सभामुख र दलका नेताहरूबीच बैठक सुरु भएको हो।
यसअघि नै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिमा नेतृत्वको बाँडफाँट योजना सुनाएका थिए। उनले कांग्रेसलाई ४, एमालेलाई ३, माओवादीलाई २ समितिको नेतृत्व दिने योजना सुनाएका थिए। जसपा, नेकपा एस र जनमत पार्टीले एकएक समितिको नेतृत्व लिनेछन्।
पछिल्लो केही समययता प्रमुख प्रतिपक्षी दल एमालेले सदनमा अवरोध खडा गर्दै आएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले अवरोध गरेको हो।
संसदीय समिति नेतृत्वमा मिल्यो भागबन्डा, प्रतिपक्षी एमालेले ३ पाउँदा राप्रपा र रास्वपा शून्य


