२०८३ साउन १३ गते बुधबार

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता, महिनै पिच्छे रिपोर्ट कार्ड बन्ने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन २५
pm

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनबारे प्रधानमन्त्री र विभागीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको हो।

कार्यक्रममा प्रधानमन्त्रीसँग २१ वटा मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयले गर्ने कामको कार्यसूचिसहित सम्झौतापत्र तयार पारी हस्ताक्षर गरिएको छ। कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग-अलग कार्यसूचि तयार पारिएको छ।

सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षीक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने उल्लेख छ। कार्यसम्पादन सम्झौताको समयावधि १ वर्ष तोकिएको छ । कार्यसम्पादन सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्रीले मन्त्री र सचिवहरूलाई निर्देशन समेत दिएका छन्।

यस्तो छ प्रधानमन्त्रीको निर्देशन (पूर्णपाठ)

सर्वप्रथम, बार्षिक कार्यक्रम कार्यान्वयनको समिक्षा तथा कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी माननीय उपप्रधानमन्त्री, मन्त्री र नेपाल सरकारका सबै तहका पदाधिकारीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

मेरो नेतृत्वमा मिति २०७९ पुस ११ गते सरकार गठन भई कार्यप्रारम्भ भएको पनि साढेसात महिना भइसकेको छ। यस अवधिमा सरकारले अर्थतन्त्रको पुनरुत्थान, सार्वजनिक सेवा प्रवाहमा सुधार, सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखी आफ्ना सम्पूर्ण शक्ति र सामथ्र्यलाई देश र जनताको हितमा परिचालन गर्न जोड दिँदै आएको छ। यसबाट समाजका सबै क्षेत्रमा सकारात्मक भाष्य र सरकारप्रतिको भरोसा बढेर गएको छ। सुशासनको प्रत्याभूति जनताले गर्ने अवस्था सिर्जना भएको छ।

मेरो नेतृत्वमा सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रिपरिषद्को बैंठकबाट सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, नागरिकलाई प्रदान गरिँदै आएका आधारभूत सेवा विशेषतः राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवाप्रवाहलाई सरल, पहुँचयोग्य र झन्झटमुक्त गराउने तथा विकाससम्वन्धी काममा तीव्रता दिन छुट्टै कानून कार्यान्वयनमा ल्याउने लगायत सुशासन, सेवाप्रवाह र विकासमा रहेका संरचनागत अवरोधहरू हटाउनेसँग सम्वन्धित निर्णय भएको स्मरण गराउन चाहन्छु।

यसैगरी मैले २०७९ पुस १८ र १९ गते नेपाल सरकारका सबै मन्त्रालय तथा केन्द्रीय स्तरका कार्यालयहरूका सचिव र कार्यालय प्रमुखहरूसँग छलफलका क्रममा विभिन्न मन्त्रालय तथा निकायहरूबाट तत्कालै कार्यान्वयनमा ल्याउनुपर्ने, सेवा प्रवाहलाई चुस्त बनाउने तथा विकास निर्माणलाई गति दिने सम्बन्धमा नतिजा देखिने गरी सुधार ल्याउन समेत निर्देशन दिएको थिएँ।

मबाट निर्देशन भएका विषय, गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजनाअनुरूप मन्त्रालय तथा निकायहरूबाट भएका कामहरूबाट आ–आफ्नो क्षेत्रमा सुधारका सांकेतिक प्रतिविम्वहरू देखिएका छन्। तर पनि यतिमा सन्तुष्ट हुने अवस्था भने छैन। गत आर्थिक वर्षको योजना र कार्यप्रणालीमा उत्साहजनक सुधार हुन नसकेको यथार्थ हामीसामु छ।

हाम्रो कार्यसम्पादन स्तर कमजोर हुनुको कारण के हो ? कार्यशैली वा कार्यप्रणालीमा समस्या हो वा कानुनी तथा प्रक्रियागत झन्झटको कारणले हो, यसको ठोस पहिचान र गहन विश्लेषण आवश्यक रहेकोमा म पुनस् जोड दिन चाहन्छु।

म प्रश्न गर्न चाहन्छु– ‘के हामीले हाम्रो प्रणाली सुधार गर्ने सामथ्र्य राख्न सक्दैनौँ ? के हामी यथास्थितिबाट माथि उठ्न सक्दैनौँ ?’ युगौंदेखि जरा गाडेर बसेको सामन्तवादी व्यवस्था त हामीले परास्त गर्न सक्यौं भने हामी आफैले कार्यान्वयन गर्न तयार गरेका र स्रोतसाधन तय भएका योजना तथा कार्यक्रमसमेत हामीले किन सम्पन्न गर्न सकिरहेका छैनौँ । कि हाम्रो नियतमा नै खोट हुनुपर्यो कि हामीसँग कार्यान्वयन गर्ने कार्यदक्षताको कमी छ भन्ने स्वीकार गर्नुप¥यो। जबकि अवस्था यो कदापि होइन । नेपालको कर्मचारीतन्त्र समकालीन अन्य मुलुकका कर्मचारीतन्त्रसँगको समकक्षतामा अव्वल र सक्षम छ। प्रश्न फेरि पनि तदर्थवादी शैलीले काम गर्ने या परिवर्तनको वेगलाई आत्मसात गर्ने या नगर्ने भन्ने हो।

अब यसरी नै परम्परागत कार्यशैलीमा अल्झिने छुट हामीलाई छैन। सधैभरि सेतो सर्ट र नीलो कोटप्रति संशय, ‘सरकारले केही गर्न सक्दैन’ भन्ने जननिराशा र ‘यस्तै हो, यस्तैं चल्छ’ भन्ने मानसिकता र कार्यशैलीको बोझ बोकेर हामी हिँडने कि – ‘परिवर्तन सम्भव छ, यही सरकार, यही कर्मचारीतन्त्र र यिनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेर देखाउने ? हामी नेपाली समाजलाई नयाँ गतिमा, नयाँ बेगमा रूपान्तरणतर्फ लैजान खोजिरहेका छौँ। हाम्रा परम्परागत सोच, कार्यप्रणाली र प्रवृत्तिले मुलुकलाई थप गतिशील बनाउन सकिँदैन। यो विषयमा तपाईहरूको गम्भीरता र गतिशीलताको मैले अपेक्षा गरेको छु।

हामीले योजनावद्व विकास थालनी गरेको आधा शताव्दीभन्दा बढी व्यतित हुँदा पनि परिणाम र प्रतिफलमा सारभूत रूपमा उपलब्धी हासिल गर्न सकेका छैनौँ। बहुसंख्यक जनताले विकासको अनुभूति आफ्नै जीवनसँग दाँजेर गर्न सकेका छैनन। आज कूल जनसंख्याको झण्डै २० प्रतिशत जनता विदेशमा गएर निम्नस्तरको रोजगारीमा आश्रित हुनुपरेको तीतो अवस्था छ। विकास र जनताको आयस्तर बढाउन प्रशस्त साधनस्रोतहरू परिचालन गरिए पनि लगानी र प्राप्त प्रतिफलबीच तादाम्यता मिलेको देखिँदैन। तसर्थ, संघीय प्रणालीअनुरूप विकास योजनाका लक्ष्यलाई बढी वास्तविक र विश्वसनीय बनाउन र लक्ष्यअनुरूपको प्रतिफलका लागि विद्यमान विकासका संरचनात्मक अवरोधहरूको पहिचान, रूपान्तरणसहित मुलुकमा जनताको मुहारमा कान्ति ल्याउन सक्ने विकासको नयाँ मोडेल तयार गर्न जरूरी छ। यसका लागि सबै निकायहरूलाई निर्देश गर्दछु।

कुनै पनि मुलुकको शासकीय प्रणाली आफैमा उत्कृष्ट हुँदैन । विभिन्न परिवेश र पात्रका कारण सवल र दुर्वल पक्षहरू सिर्जना हुन्छन्। हाम्रो शासकीय प्रणाली कार्यान्वयन गर्ने हरेक संयन्त्रहरूले निहित व्यक्तिगत स्वार्थ अर्थात कििन्फ्लक्ट अफ इन्ट्रेष्टबाट माथि उठेर मुलुकको बृहत्तर हितमा सीप, क्षमता र सोचलाई दृढ संकल्पसहित लगाउने हो भने नेपाललाई विकसित मुलुकको दाँजोमा पुर्‍याउन धेरै समय लाग्दैन। सुशासन, सामाजिक न्याय र समृद्विको यात्राका लागि हाम्रा शासकीय संयन्त्रहरू चुस्तदुरूस्त हुनैपर्छ। सरकारका भ्रष्टाचार विरोधी अभियान र कदमबाट पछिल्लो समयमा राज्य दोहनकर्ता र तस्करहरू तर्सिएका छन्, अत्तालिएका छन्। मुलुकको विकास तथा समृद्विको ठूलो रोग भ्रष्टाचार उन्मूलनका लागि सरकारले अझै सशक्त कदम चाल्नेछ। यसका लागि सबैको सहयोग र समर्थनको अपेक्षा गरेको छु।

आजै म र माननीय मन्त्रीहरूबीच वार्षिक लक्ष्य किटानीसहित कार्यसम्पादन सम्झौता भएको छ। वर्तमान सरकारले जिम्मेवारी सम्हालेपछि यो स्वयंमा नयाँ अभ्यास हो र यसले यहाँहरूलाई थप जिम्मेवार हुन मद्दत पुर्‍याउने आशा लिएको छु। माननीय मन्त्रीहरू र सचिव तथा विभागीयस्तरमा समेत कार्यसम्पादन सम्झौता भइसकेको छ। कार्यसम्पादनको नतिजा नै यहाँहरूलाई चुनौतीपूर्ण र महत्वपूर्ण जिम्मेवारी दिने, जिम्मेवारीको निरन्तरता दिने, पुरस्कृत वा कारबाही गर्ने आधार हुने कुरा स्पष्ट पार्न चाहन्छु।

विगतका कार्ययोजनाको कार्यान्वयनबाट शिक्षा लिँदै चालु आ.व.को कार्ययोजना कार्यान्वयनलाई गति दिई राज्यले आम नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटो छरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले सेवा प्रवाह हुने व्यवस्था मिलाई सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्नेगरी सुधार गर्न फेरि पनि म सबै माननीय मन्त्रीहरू, सचिवहरू र विभागीय प्रमुखहरूलाई निर्देशन दिन चाहन्छु।

अब विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको कार्यमा ढिलाइ गर्ने छुट कसैलाई छैन। कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोही अनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ भन्ने कुरामा सबैको ध्यानाकर्षण गर्न चाहन्छु। अब तपाईंहरूको कार्यसम्पादनको मूल्याङ्कनको आधार तपाईंले मासिक रूपमा हासिल गरेको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्ड हुने कुरा म स्पष्ट पार्दछु।

आयोजना कार्यान्वयनमा नेतृत्वको ठूलो भूमिका हुन्छ। कार्यान्वयनमा उत्पन्न हुने बाधा अड्चन फुकाउने र अन्तरनिकाय समन्वयको दायित्व पनि मूलतः नेतृत्वको नै हो। अतः म सबै माननीय मन्त्री, सचिव तथा विभागीय प्रमुखहरू र आयोजना प्रमुखलाई आफूमातहतका आयोजनाहरु निर्दिष्ट तोकिएको समयमै सम्पन्न गर्न र प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश गर्दछु। तपाईंहरूको स्तरबाट फुकाउन नसकिएका समस्या फुकाउन र समस्याको हल पहिल्याउन म सदैव तयार छु।

जग्गा प्राप्ति, वनक्षेत्रको उपयोग तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको यथाशीघ्र स्वीकृति, पर्याप्त स्रोतको व्यवस्था, क्षमतायुक्त जनशक्तिको व्यवस्था समयमै नहुँदा तथा आयोजना प्रमुखहरूको निरन्तरता नहुनाले आयोजनाको समयमै कार्यान्वयन नहुने समस्या देखिएको छ। यस्ता समस्याहरू बारम्बार पुनरावृत्ति हुन नदिन वस्तुपरक विश्लेषण गर्न टड्कारो आवश्यकता छ। यसैगरी पूर्व तयारीबिनाका आयोजनामा रकम विनियोजन गरिहाल्ने, निर्णय प्रक्रियामा जोखिम लिन नचाहने र कानुनी झन्झट देखाउने, टेबुल टेबुलको शासन गर्न रमाउने तथा अन्तरसमन्वय गर्न नरुचाउने हाम्रो शासकीय प्रवृत्तिमा तत्काल सुधार गर्न जरुरी छ। यसका लागि म सबैलाई निर्देश गर्दछु।

विकासलाई बाधा पुर्‍याउने तत्वहरूको समयमै पहिचान गरी नीतिगत तथा संस्थागत सुधारका कार्यहरूलाई अघि बढाउन र आयोजनामा सिर्जना हुनसक्ने समस्याको तत्कालै समाधान गर्नेगरी प्रभावकारी व्यवस्था मिलाउन सबै माननीय मन्त्री, सचिव तथा आयोजना प्रमुखहरूलाई आग्रह गर्दछु। साथै, यस कार्यालयका सम्बन्धित विषय/क्षेत्र हेर्ने सचिवलाई पनि अन्तर–निकाय समन्वय र सहजीकरण गरी आयोजनालाई निर्धारित लागत, गुणस्तर र समयमै सम्पन्न गरी अपेक्षित नतिजा हासिल गर्नसक्ने वातावरण सुनिश्चित गर्न र मलाई यस विषयमा नियमित रिपोर्टिङ्ग गर्नका लागि थप क्रियाशील हुन म आग्रह गर्दछु।

विकास निर्माणको काममा समयमै निर्णय नगर्ने र अन्तरनिकाय समन्वय गर्नुपर्ने विषयमा आवश्यक तदारुकता नलिने प्रवृत्ति नै अहिलेको मूख्य चुनौती रहेको छ। यस प्रणालीलाई अन्त्य गर्नैपर्छ। प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिचकिचाउनु हुँदैन, पर्दैन पनि। कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु। त्यसैगरी आयोजना प्रमुखहरूलाई निश्चित अवधि नपुगी गरिने सरुवाले पनि आयोजना कार्यान्वयन प्रभावित भएको छ। अतः निश्चित अवधि नपुगी आयोजनाका प्रमुख तथा अन्य कर्मचारीहरूलाई सरुवा नगर्न र कार्यसम्पादनको वस्तुवादी र यथार्थपरक मूल्यांकन गरी राम्रो कार्यसम्पादन भएका आयोजना प्रमुखहरूलाई आयोजना सम्पन्न भएसम्म निरन्तरता दिन म सबै माननीय मन्त्री तथा सचिवहरूलाई निर्देशन गर्दछु।

पुँजीगत खर्चको वृद्धि एवं विकास आयोजना र कार्यक्रमहरूको व्यवधानरहित सञ्चालनका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयले संयुक्त रूपमा थप प्रयास गर्न आवश्यक देखिन्छ। आयोजना बैङ्कमा समावेश नभएका आयोजनामा रकम विनियोजन गर्ने प्रथालाई अन्त गरी सीमित स्रोतको महत्तम उपयोगबाट नतिजामूलक कार्यतर्फ पुँजीगत खर्च केन्द्रित गर्न आवश्यक छ। यसैगरी सङ्घ र प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने आयोजनामा दोहोरोपना हुन नदिन र विभिन्न तहबीच आवश्यक समन्वय गरी आयोजना तर्जुमा तथा कार्यान्वयन गर्ने पद्धति अवलम्बन गर्न समेत म सबैलाई निर्देश गर्दछु।

प्रदेश र स्थानीय तहको शासकीय क्षमता अभिवृद्धि गरी संविधानको कार्यान्वयन, विकास निर्माण एवं सेवा प्रवाहमा सुधार ल्याउन आवश्यक छ। तीन तहका सरकारबीचको समन्वय, पारस्परिक सहयोग र अन्तर्निर्भरता तथा अन्तर–सम्बद्धतालाई थप सुदृढ तुल्याउने गरी तथा संघ, प्रदेश र स्थानीय तहहरूबीचको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई उचित सम्बोधन गर्नेगरी कार्यविस्तृतीकरणको परिमार्जन कार्यलाई यथाशीघ्र टुङ्ग्याउन म निर्देश गर्दछु।

जनताले यो सरकारबाट आफ्ना युगौँदेखिका सपना पुरा हुने अपेक्षा गरेका छन्। उपेक्षित उत्पीडित र समस्यामा परेका समुदाय अहिले यो सरकारले केही नयाँ गर्छ भन्ने भरोसामा छन्। त्यसैले जनताका भरोसालाई निराशामा रूपान्तरण हुन नदिन हामीहरूले नयाँ उर्जा र अठोटका साथ अघि बढ्नु जरुरी छ। तपाईहरुले पदीय जिम्मेवारीसँगै आफु पनि सेवाग्राही भएको गहिरो आत्मवोध गरेर सुशासन तथा जनमैत्री सेवा प्रवाहमा तल्लिन रहनुहुनेछ भन्ने मैले गहिरो विश्वास लिएको छु।

अन्त्यमा, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न तयार गरिएको वार्षिक कार्ययोजनाको समयबद्ध कार्यान्वयनमा जुट्न सबैलाई आग्रह गर्दै समृद्ध, सुशासन र सामाजिक न्याययुक्त नेपाल निर्माण गर्ने अभियानमा तपाईंहरू सबैबाट आवश्यक सहयोग उपलब्ध हुनेछ भन्ने विश्वासका साथ मेरो मन्तव्य यहीँ टुङ्ग्याउँदछु, धन्यवाद।

प्रकाशित: २०८० साउन २५ गते बिहिबार ०३:०७
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना