२०८३ कार्तिक ११ गते मङ्गलबार

इन्धनमा कमिसन लिन हाकिमकै सेटिङ, निगमका पोखरा प्रमुख सम्पर्कविहीन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
nocpokhara

पोखरा- नेपाल आयल निगमको पोखरास्थित कार्यालयका प्रमुख र व्यवसायीको मिलेमतोमा पेट्रोलियम पदार्थको अवैध कारोबार भएको खुलासा भएको छ। निगमको पोखरास्थित गगनगौंडाका प्रमुख चितरञ्जन दासले चलानी बिलभन्दा बढी तेल लोड गरेर कमिसन लिने गरेको भेटिएको हो।

नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौँडा डिपो पोखराबाट बिहीबार डिजेल लोड भएको ट्यांकरमा खरिद गरेको डिजेल परिमाण भन्दा बढी भेटिएपछि ट्यांकरसहित पक्राउ परेको छ। पोखरा डाँडाकोनाकमा रहेको पश्चिमाञ्चल ट्रेडर्सले खरिद गरेको डिजेलभन्दा बढी पाइएपछि विशेष सुराकीको आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले ट्यांकरसहित पक्राउ गरेको हो।

१२ हजार लिटर डिजेलको बिल काटिएकामा नेपाल आयल निगमका नेपाल आयल निगमको पोखरा स्थित गगनगौंडाका प्रमुख चितान्दक दासले करिब १५ हजार लिटर लोड गरिदिएका थिए। प्रारम्भिक अनुमान अनुसार दासले यसरी बढी लोड गरेबापत कमिसन लिने गरेको कर्मचारीको आरोप छ।

बिहीबार ट्यांकर समातिने बित्तिकै प्रशासनले कार्यालय प्रमुख दासलाई उपस्थित हुन भनेको थियो। तर उनी उपस्थित भएनन्। दासको मोबाइल स्विच अफ छ। यसपछि उनी सम्पर्कविहीन छन्।

डिजेल ढुवानीमा प्रयोग गरिएको पश्चिमाञ्चल ट्रेडर्सको ग २ ख ८३६ नम्बरको ट्यांकर बिहीबार डाँडाकोनाकबाट समातिएको हो। छानबिन गर्दा बिलभन्दा बढी डिजेल लोड भएको प्रमाणित भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए। उनले थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाएको बताए।

ट्यांकर समातिएपछि कार्यालय प्रमुख दास सम्पर्कविहीन छन्। बिहीबार ट्यांकर समातिने बित्तिकै प्रशासनले दासलाई उपस्थित हुन भनेको थियो। तर उनी उपस्थित भएनन्। दासको मोबाइल स्विच अफ छ। यसपछि उनी सम्पर्कविहीन छन्।

पोखराको प्रादेशिक कार्यालयमा आइपुग्दा सुरुमा भरिएको भन्दा डिजेलमा ०.२ प्रतिशत र पेट्रोलमा ०.८ प्रतिशत परिमाण घट्नु सामान्य भएपनि त्यो भन्दा बढी नोक्सान हुने गरेको विवरण निगममा छ। दासलाई केन्द्रीय कार्यालयले नै अपरेसनमा नजान निर्देशन गरेपनि नटेरेको बताइएको छ। निगमका अनुसार दास कार्यालय प्रमुख भएर आएपछि पोखरा कार्यालयले अघिल्लो वर्ष भन्दा दोब्बर नोक्सानी व्यहोरेको छ।

जिल्ला प्रशासन कार्यालयले यसको अनुसन्धान र थप कारबाहीका लागि अख्तियार कार्यालयलाई जिम्मा दिएको छ। दास यसअघि धनगढी, झापा र भैरहवामा रहँदा पनि विवादित थिए। उनलाई निगमले अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गरेको छ।

पोखराको प्रादेशिक कार्यालयबाट कास्की सहित तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा पेट्रोलियम पदार्थ दिँदै आएको छ। सरदरमा दैनिक ३ लाख लिटर डिजेल र १ लाख २० हजार लिटर पेट्रोल गगनगौंडाले बिक्रि गर्दै आएको छ।

प्रकाशित: २०८० साउन २८ गते आईतबार ११:०१
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना