२०८३ कार्तिक १२ गते बुधबार

सामसुङले बजारमा ल्यायो ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ स्मार्टफोन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
samsung-z-fold5

काठमाडौं । सामसुङले औपचारिक रुपमा ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ स्मार्टफोन बजारमा ल्याएको छ । प्रविधि र अनुसन्धानको क्षेत्रमा विश्व अग्रणी सामसङले सोल्टी होटल, काठमाडौंको प्रिभे नेपालमा यहि २०८० साउन २८ गते आयोजित एक भव्य कार्यक्रममा सामसङ्गले दुई किसिमको स्मार्टफोन बजारमा ल्याएको हो ।

सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ सुश्री प्रियँका रानी जोशीद्वारा संयुक्त रुपमा संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको थियो ।

अनावरण कार्यक्रमको दौरान नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभभिउइंग, सेल्फि र आएपीएक्स ८ टिंगलाई फेसन रन–वेमा मोडलहरुले प्रदर्शित गरेका थिए ।

‘चार वर्ष अघि, सामसङले फोल्डेबल स्मार्टफोन अन्तर्गत क्रान्तिकारी उपकरणहरुको सुरुवात गरेको थियो । सामसङले निरनतर रुपमा ग्यालेकसी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छन् । ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड५मा मल्टीटास्किंगहरु गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरुको उच्चतम आवश्यकताहरुलाई पूरा गरेरत्यसलाई अझ नयाँ स्थरमा पुर्याउनेछन् ।” सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।

दुवै ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५लाई धेरै टिकाऊ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ । मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको कम्पनीले जनाएको छ। यसका साथै आइपीएक्स ८ को रेटिंग, आर्मर अलुमिनियम फ्रेमहरु, र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ ।

यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरहरुलाई फैलिन दिदैैन । यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो । उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटिअपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फ्लिप५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने अल्टिमेटपकेटेबल उपकरण

ग्यालेक्सी जेड फ्लिप ५सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो जसले स्टाइलिस, उत्कृष्ट फोल्डबलअनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यो ८+ २५६ जिबि मा मात्र उपलब्ध छ र यसको मुल्य १३९,९९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी जेड फोल्ड५ः वाइड स्क्रीनयुक्त अल्टिमेटप्रडक्टीभीटी भएको पावरहाउस

वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलोर हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड५ कालो र निलोगरी २ प्रकारका आकर्षक रङ्गहरुमा पाइनका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि स्टोरेजमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड५ १२ं२५६ जिबि को मुल्य रु.२२६,९९९ र ग्यालेक्सी जेड फोल्ड५ १२ं५१२ जिबि को मुल्य रु.२३९,९९९ कायम गरिएको छ ।

यी मोडलहरुको प्रि-अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भइसकेको छ । यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमाग्राहकहरुले रु.२५,०००र( सम्मको फाइदा हुने केही आकर्षक उपहारहरु पनि रोज्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: २०८० साउन २९ गते सोमबार १२:०४
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना