काठमाडौं । नेकपा एमाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबीन समितिको माग गर्दै सोमबार पनि संसद स्थगित भएकाे छ । सरकारले सुन तस्करीको छानबीन गर्ने जिम्मा प्रहरीको सिबाइबीलाई दिएपछि एमालेले लगातार संसद अवरुद्ध गरेको छ ।
सरकारले घटनालाई छाकछोप गर्न र दोषीलाई उन्मुक्ति दिने गरी सिआइबीलाई अनुसन्धान गर्ने जिम्मा दिएपछि एमालले संसद अवरोध गर्दै आएको छ । सोमबार प्रतिनिधि सभा सुरु भए पनि एमालेले नाराबाजी गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
सभामुख देवराज घिमिरे अर्को बैठक भदौ ३ गते बस्ने गरी सोमबारको बैठक स्थगित गरेका हुन ।
