काठमाडौं– प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडानका कारण साउन १० गते देखि संसद् अवरुद्ध छ। एमालेको माग बमोजिम छानविन गर्न दलका शीर्ष नेताहरु सहमत भएका छन्। तर, शीर्ष नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
दलहरुबीच समितिको संरचना र कार्यक्षेत्र बारे सहमति जुट्न बाँकी छ।


