काठमाडौं– साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २०.३१ अकंले घटेको छ । बुधबार २०४४ बिन्दुबाट सुरु भएको कारोबार ०.९९ प्रतिशतले गिरावट आउँदा २०२१.०४ बिन्दुमा आएर कारोबार बन्द भएको हो ।
मंगलबार पनि ३१ अंकले घटेको सेयर बजार बुधबार पनि घट्ने क्रम रोकिएन् । सो दिन ४८ लाख ३८ हजार १०६ कित्ता किनबेच हुँदा १ अर्ब ६७ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको छ ।
नेप्से सूचकमा बुधबार १८५ कम्पनीको कारोबार ओरालो लाग्यो भने भने ३४ वटा कम्पनीले मात्र नाफा कमाए । बाँकी ६ वटा कम्पनीको कारोबार स्थिर रह्यो ।
