काठमाडौं । दुई दशकभन्दा बढी उद्योगको अनुभव भएका दुई जोशिला युवा कृष्ण मोदी र आशिष अग्रवालद्वारा स्थापना गरिएको एस्टावुल्फ एक नेपाली टेक एक्सेसरीज ब्रान्ड, गर्व साथ आफ्नो अधिकारिक सुरुवातको घोषणा गर्दछ।
एस्टावुल्फले अभिनव र उच्च गुणस्तरको प्राविधिक उपकरणहरुको एक विस्तृत श्रृंखला सुरू गरेको छ जसले प्राविधिक उत्साहीहरू र दैनिक उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्दछ।
एस्टावुल्फको संस्थापकहरुमा प्रविधिहरू प्रति गहिरो उत्साह छ र उनीहरुको विशेषज्ञता एउटा यस्तो ब्रान्डको रूपमा पारीणत भएको छ जसले प्राविधिक उपकरण उद्योगमा नयाँ मापदण्डहरू स्थापित गरिरहेको छ।
उत्कृष्टता र ग्राहकको सन्तुष्टिको लागि कम्पनीको प्रतिबद्धता, यसले प्रस्तुत गरेको विभिन्न प्रकारका उत्पादनहरू जस्तै नेकब्यान्ड, वायरलेस इयरबडहरू, स्मार्टघडी, पावरबैंक, डाटाकेबल, चार्जर, इयरबडर स्पिकरहरूबाट स्पष्ट हुन्छ। जुन विभिन्न रंग र श्रेणीमा उपलब्ध छ। एस्टावुल्फको उत्पादन श्रृंखला व्यापक जनसंख्या को मागहरू पूरा गर्न सावधानी पूर्वक तयार गरिएका छन् ।
जसअन्तर्गत ग्राहकलाई छनौट गर्नका लागि धेरै विकल्पहरू प्रदान गरिने छ।चाहे त्यो अत्याधुनिक सुविधाहरूको खोजी गर्ने प्राविधिक प्रेमी युवा होस दैनिक आवश्यकताहरूको लागि भरपर्दो उपकरणहरु खोजी गर्ने व्यावसायिक, एस्टावुल्फसँग हरेकका लागि केही न केही छ।
कम्पनीका सह–संस्थापकहरूभन्छन्, ‘एस्टा वुल्फ सँगको हाम्रो यात्रा उत्साहजनक भन्दा कुनै कम छैन। हामीले यस्तो ब्रान्ड बनाउने लक्ष्य राखेका थियौं जसले प्रविधिप्रतिको हाम्रो प्रेम दर्शाओस साथै उत्कृष्ट प्राविधिक उपकरणहरु खोज्ने उपभोक्ताहरूको छनौट सँग मेल खाओस्। हाम्रो यस उद्योगमा २०वर्षको संयुक्त अनुभवले उत्पादनहरू विकास गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ, जुन उत्पादनहरू व्यावहारिकता र नवीनताको मेल हो।’


