बारा– बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ। जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडी टोलमा शोरूमको उद्घाटन सम्पन्न गरेको हो।
जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ। जीतपुर सिमरानगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए।
करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका संचालक किरन पुरीका अनुसार जीतपुरको टिभिएस शोरूममा टिभिएसको नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङलगायतका सम्पुर्ण कामहरू हुनेछ।


