काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैठाैं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम भाद्र १ गते शुक्रवार सम्पन्न भएको छ ।
मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखाकार्यालयहरु विर्तामोड, इटहरी,बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । यसका साथै छैटौं वार्षिकोत्सवका कार्यक्रमहरु समापन भएको घोषणा गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कविफुयाँलले यस अघि आईएमइ लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुको बारेमा अभिकर्ताहरुमाझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवाआश्रम, बालआश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम, देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्यशिविर कार्यक्रम तथा युव ादिवसको अवसर समेत पारेर वित्तिय जनचेतनाद्वारा युवा सशक्तिकरणको कार्यक्रम समेत गरिएको बताए ।
छैटौं वार्षिकोत्सव भव्य रुपमा मनाएको बताए । रक्तदान अघि आजै बिहान साढे छ बजेदेखि काठमाण्डौ लगायत सातै प्रदेशमा जीवन बीमाबारे जनजागरणका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो । देशैभरि गरेर उक्त प्रभातफेरी कार्यक्रममा १५०० जनाभन्दा बढीको सहभागीता थियो ।
२०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानीलगायतका ग्राहक वर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।


