काठमाडौं– काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङ नेपालले काठमांडौमा २०८० साउन ३२ गते रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ ।
रिटेलर मिटमा नयाँ फोल्ड योग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको दौरान हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभभिउइंग र सेल्फि दर्शाइएको थियो र तिनकाे बारेमा छलफल गरिएको थियो ।
दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको छ । मुख्य स्क्रीन सक डिस्पर्सनतहका साथ जडान गरिएको कम्पनीले जनाएको छ । दुवै स्मार्टफोनहरु अत्याधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन गरिएको छ । यसका साथै IPX8 को समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ ।
ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ ले ग्राहकहरुलाई अपेक्षाकृत संरक्षण प्रदान गर्दछ, जसलाई फ्लेक्स हिन्जले थप विस्तार गरेको छ । यो नयाँ एकीकृत हिन्ज मोडलमा बाह्य असरहरुलाई फैलाउने दुई रेलको संरचनाको विशेषता छ । यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो । उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ ।
ग्यालेक्सी जेड फ्लिप ५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने अल्टिमेट पकेटेबल उपकरण
ग्यालेक्सी जेड फ्लिप ५ ले स्व–अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यो एकै प्रकार (८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध छ र यसको मुल्य रु.१३९,९९९ / तोकिएको छ ।
ग्यालेक्सी जेड फोल्ड ५ः वाइड स्क्रीनयुक्त अल्टिमेट प्रडक्टीभीटी भएको पावरहाउस
निमग्न प्रदान गर्दै, वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ ।
ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका दामी रङ्गहरुमा पाइनुका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका २ प्रकारमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबि) को मुल्य रु.२२६,९९९/ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस ५१२ जिबि) को मुल्य रु.२३९,९९९/ कायम गरिएको छ ।
यी मोडलहरुको प्रि अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भैसकेको छ । यसका साथै हरेक फोल्डयोग्य डिभाइसको प्रि– अर्डरमाग्राहकहरुले रु.२५,००० सम्मको फाइदा हुने छुटाउनै मुश्किल पर्ने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन् ।


