गोरखा–त्रिशूली नदीमा आइतबार राती आएको भीषण बाढीले क्षतिग्रस्त झोलुंगे पुल मर्मत सुरु भएको छ।
गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुंगे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए। बाढीले पुलमा क्षति पुगेपछि आउजाउ बन्द भएको छ। गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको उनले बताए।
त्यस्तै, त्रिशूली नदीकै बाढीले क्षति पुगेको गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुंगे पुल मर्मत आजदेखि सुरु हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
‘धवादीघाटमाथिको क्षतिग्रस्त मर्मत सुरु गर्न शुक्रबार अवलोकन गरिसकिएको छ’, उनले भने, ‘त्रिशूली नदीमा पानीको बहाव अझै पनि अत्यधिक माथि रहेकाले शुक्रबारदेखि सुरु गर्न कठिन भएपछि आजदेखि मर्मत गर्न लागिएको हो।’
बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुङ्गे पुलको ट्रस नै भत्काएको थियो भने धवादीघाट माथिको झोलुंगे पुलको लठ्ठा बाढीले छिनाएर क्षति पुगेको छ।
बाढीले पुलमा क्षति पु¥याएपछि गण्डकी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका बासिन्दालाई आउजाउ गर्न समस्या हुँदै आएको छ। झोलुंगे पुल भत्किएपछि विद्यार्थीलाई विद्यालय आउन जानसमेत पाएका छैनन्।–रासस


