काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन्।
स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो जिकिर गरेका हुन्।
‘हामीले निरन्तर पहल गर्दै आएका छौं। हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै आउनुभयो। उहाँसँग कुरा भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं। आशा छ भोलि सदन खुल्छ।’
शनिबार पनि एमाले र सत्ताघटकसँग छलफल गर्ने उनको भनाइ छ।


