रियाद– साउदी अरेबियन क्लब अलहिलालले फुटबलका ब्राजिलियन सुपरस्टार नेयमारलाई सार्वजनिक गरेको छ। रियादस्थित अल-हिलालको मैदानमा ६८ हजार दर्शकका माझ क्लबले शनिबार उनलाई सार्वजनिक गरेको हो।
‘म उत्साहित छु। अरु टोलीमा पनि शीर्ष खेलाडीहरूसँग भेट हुने भएकाले म रोमाञ्चित । यसले अझ राम्रो खेल्न प्रेरित गरेको छ,’ आफूलाई सार्वनजिक गर्न गरिएको भव्य समारोहमा नेयमारले भने, ‘रोनाल्डो, बेन्जेमा, फिर्मिनोसँग सामना गर्दा रोमाञ्चकता झनै ठूलो हुन्छ। त्यसैले म यो लिगमा सामेल हुन पाउँदा खुसी छु। तिनीहरूको सामना गर्नु अद्भुत हुनेछ, यो शानदार हुनेछ।’
नेयमार सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट-जर्मेन (पीएसजी) गएका नेयमारले हालै अलहिलालबाट खेल्ने सम्झौता गरेपछि उनलाई शनिबार सार्वजनिक गरिएको हो।
नेयमारले क्लबसँग दुई बर्षको सम्झौता गरेका छन्। उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहनेछन्। अल हिलालबाट पनि उनी जर्सी नम्बर १० मा मैदानमा उत्रनेछन्।
नेयमारले पिएसजीबाट १७३ खेल खेलेका छन्। यी खेलमा उनले ११८ गोल गरेका छन्। क्लबलाई उनले १३ ट्रफी जिताएका छन्।
नेयमारलाई अल हिलालले ९ करोड युरो अफर गरेको छ। पिएसजीमा नेयमारको वार्षिक तलव २ करोड ५० लाख युरो थियो।
हेरौँ नेयमार सार्वजनिक गर्न आयोजना गरिएको भव्य समारोहका केही दृश्य:












सबै तस्बिर : अल हिलाल


