काठमाठौँ—बैंककस्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनल, नेपालको अग्रणी एयरलाइन्स जि. एस. ए.—एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको बजारको लागि आफ्नो जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । उक्तनियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको छ ।
सम्झौताअनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलकालागिसम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवाहरू उपलब्ध गराउने छ । यस साझेदारीमार्फत, थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनःसञ्चालन गर्नेछ ।
सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाई एयरवेजले नेपाली उड्डयन इतिहासमा र नेपाली जनतामा विशेष स्थान राख्न सफल भएको छ । थाई एयरवेज इन्टरनेशनलले थाइल्याण्डमा विदेशी पर्यटन प्रवद्र्धन गर्ने आफ्नोनिरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई सुदृढ गर्दै नेपालीबजारमा रहेको अवसरको सदुपयोग गर्न चाहन्छ ।
थाई एयरवेज इन्टरनेशनलका चिफ कमर्सीयल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौंउडान पून सञ्चालनमा आएको प्रति खुसी व्यक्त गरे । साथै उनले भने, ‘थाइल्याण्ड भित्रकाविभिन्नआन्तरिक तथाविश्व प्रसिद्ध गन्तव्यहरू जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानीसहर बैंककलाईथाई एयरवेजको उडान पुनःसञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागिमात्रनभई दुई देशहरूबीचकोआर्थिक गतिविधिहरुलाई समेत अभिवृद्धि गर्नेछभन्ने कुरामा विश्वस्त रहेको जनाउनुभएको छ ।
अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुनेछौँ भन्नेमा हामी विश्वस्त छौँ । थाई एयरवेजको सञ्चालनमा विगत देखि नै सहयोग गर्नुभएकोमा नेपाल नागरिक उड्डयनप्राधिकरण साथै नेपालको हाम्रो यात्रामा तथा सफलतामा योगदान पुराउने सम्पूर्ण टुर–ट्राभल एजेन्ट तथा कर्मचारीलाई धन्यवाद प्रदान गर्न चाहन्छौँ ।


