२०८३ कार्तिक ११ गते मङ्गलबार

अभिनेत्री चन्द बनिन् अनेसासको मेरिल्यान्डको अध्यक्ष

 |  रासस
Sanket

रासस

वासिंटन डीसी, फाल्गुण २२
pooja-chanda
पूजा चन्द।

अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्यान्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन्।

समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ। यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ।

समितिको पहिलो बैठकले डा श्याम कार्की, डा हयारी भण्डारी, गौतम दाहाल, डा उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ।

निवर्तमान अध्यक्ष भरत वराईलीको अध्यक्षतामा भएको सम्मेलनमा वोर्ड अफ ट्रस्टीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ पाण्डेय लगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

अध्यक्ष चन्दले प्रवासी भूमिमा नेपाली भाषीको कला, संस्कृतिको जगेर्ना गर्दै भावी पिँढीका लागि नेपाली भाषाको अध्ययन, अध्यापनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्ने बताइन्।

कार्यक्रममा सहभागी गौतम दाहाल, अर्जुन हमाललगायतले नेपाली भाषाको जगेर्ना र संस्कृतिको रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न नयाँ कार्यसमितिलाई सफलता मिलोस भनी शुभकामना व्यक्त गरे।

यसैबीच अनेसासको पाँचौँ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन आगामी मार्च १० देखि १२ तारिखसम्म अमेरिकाको वोस्टनमा हुँदैछ। कार्यक्रमको तयारी पूरा भएको जानकारी अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले दिए।

प्रकाशित: २०७९ फाल्गुण २२ गते सोमबार ०५:२१
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

जलविद्युत्‌को बैंक–कथाः २ अर्बको कर्जा कसरी पुग्यो साढे ४ खर्ब

सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन गर्न ६१ खर्ब रुपैयाँ आवश्यक छ, जसमध्ये ४० खर्ब लगानी निजी क्षेत्रबाट जुटाउनुपर्ने चुनौती छ। परम्परागत मोडेलबाट कम्पनी मोडेलमा आएको ऊर्जा क्षेत्रमा...

वातावरण मुद्दा: आफ्नै घोषणापत्रको विरुद्धमा दलहरू

हरेक निर्वाचनमा राजनीतिक दलले वातावरण संरक्षणका मुद्दा उठाउँछन्। तर, सत्तामा पुगेपछि आफैँले उठाएको मुद्दाविपरीत हुने गरी वातावरणविरुद्धका गतिविधिलाई संरक्षण र प्रोत्साहन गर्छन्। एक त दलहरूले...

विस्तार हुँदै बीमा व्यवसाय, ४९.८ प्रतिशत जनसंख्यामा पुग्यो

चालू आर्थिक वर्षको मंसिरसम्म सक्रिय जीवन बीमालेख संख्या १६.८ प्रतिशत वृद्धि भई एक करोड ६१ लाख ६७ हजार ८५४ पुगेको छ। यस अवधिमा निर्जीवन बीमालेख संख्यासमेत ५.६ प्रतिशत वृद्धि भएको छ।

भारतको भन्सार नीतिले केएल दुगडको तेल व्यापारमा चमक, साढे १४ अर्बको कारोबार

भारतको भन्सार नीतिका कारण स्वास्तिक आयलको खाने तेल व्यापारमा चमक आएको हो। उद्योगले छ अर्ब ९२ करोड रुपैयाँ बराबरको तेल भारतमा निर्यात गरेको छ।

पाँच वर्षमा कृषि कर्जा १५ प्रतिशत पुर्‍याउने लक्ष्य, परियोजना केन्द्रित लगानी नीति लागू गरिने

बैंकिङ तथा वित्तीय सेवाहरूलाई क्रमशः पूर्ण डिजिटल बनाउने, कर्जा पहुँच विस्तारका लागि मोबाइल र अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने नियो बैंक स्थापनाका लागि आवश्यक कानुनी आधार तयार गर्नेलगायतको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना