काठमाडौं– एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम २.० “योङ्ग उमन आन्टर प्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम” का विजेताहरुको घोषणा गरेको छ ।
निर्णायकहरुद्वारा मूल्याङ्कनपश्चात् मेनुका गुरुङ– डुलुवा आउटडोर्स, राशीमहर्जन– लर्नर्स रुम र सरला महर्जन– सकल नेचुरो मल्टि–पर्पस क्लिनरलाई विजेता घोषणा गरिएको हो ।
विजेताहरुले प्रत्येकले १ लाखको पुरस्कार प्राप्त गरेका थिए । टप तीन विजेताहरूलाई उनीहरूको इनिशिएटिभहरूलाई अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पु¥याउन समान आर्थिक सहयोग प्रदान गरिएको आयोजकले जाएको छ ।
यस कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन जिल्लाका गरि ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए । आवेदकहरू मध्यबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा ८ फाईनलिस्टहरु छनोट गरिएको थियो ।
काठमान्डौँको माया मनोर बुटिक होटल, हात्तीसारमा आयोजित सक्षम तालिम कार्यक्रम अगस्ट १८, २०२३ मा सम्पन्न भएको छ । महिला उद्यमीहरूका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजनाहरू दक्ष प्रोफेशनलहरुको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो। जजहरुको प्यानलमा कटन मिल नेपालका संस्तापक प्रसन्ना बस्नेत, पब्लिकअफेयर्स, कम्युनिकेशनएन्ड सस्टेनेबिलिटि डिरेक्टरका स्नेह राजभण्डारी, एग्जेक्युटिव डिरेक्टर – केजीएच ग्रुपका बेभरेज नेपाल र त्रिशाग्नी शाक्य थिए ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले भने, ‘योङ उमनआन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिपप्रोग्रामलेमहिलाउद्यमशीलतालाई बढावा दिन र नेपालमा दिगो विकासमा योगदान पु¥याउने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण हो।
महिलाउद्यमीहरूलाई सशक्तिकरण गर्नु समुदाय र अर्थतन्त्रको समग्र विकासको लागिआवश्यक छ र तपाईँहरुको निरन्तर सहयोगप्रति हामी अत्यन्त आभारी छौं जसले हामीलाई यस्ता प्रोगे्रसिभ प्रोजेक्टहरु सञ्चालन गर्न प्रेरणा दिएको छ ।’


