२०८३ कार्तिक १८ गते मङ्गलबार

किड्नी झिक्ने अस्पताल दर्ताबिनै सञ्चालन, मृतकका परिवारसँग तीनबुँदे सहमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १२
swastik

धनगढी- पत्थरीको शल्यक्रिया गर्दा बिरामीको शरीरबाट किड्नी झिक्ने अस्पताल दर्ता नगरी सञ्चालन भएको पाइएको छ। उपचारको क्रममा बिरामीको मृत्यु भएपछि दर्ता नगरी सञ्चालनमा रहेको धनगढीको स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालले मृतकका आफन्तसँग तीन बुँदे सहमति गरेको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको शल्यक्रियाका क्रममा किड्नी झिकिदिँदा आइतबार मृत्यु भएको थियो। उक्त अस्पताल २०७९ देखि दर्ताबिना सञ्चालन हुँदै आएको छ। अस्पतालले २५ शय्या दर्ताका लागि स्वास्थ्य निर्देशनालयमा कागजात पेस गरेको तर अस्पतालले अनुमति पाइसकेको छैन। यसका लागि केही कागजात नपुगेको निमित्त निर्देशक डाक्टर जगदीश जोशीले बताए।

सोमबार साँझ अस्पताल प्रशासन र मृतकका परिवारबीच तीन बुँदे सहमति भएको मृतकका भतिजा राजकुमार चौधरीले बताए। उनका अनुसार एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च अस्पतालले व्यहोर्ने, मृतकका २ छोरीको विवाह खर्च व्यहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनेस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ। यसअघि डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आएका मृतकका आफन्तले सोमबार दिउँसोदेखि अस्पताल क्षेत्रमा यातायात बन्द गराएका थिए।

पत्थरीको अप्रेसनका क्रममा ऐजनललाको मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएको र डाक्टरले फेरि अप्रेसन गरेर बायाँ मिर्गौला नै झिकिदिएका थिए। रक्तश्राव भएका कारण बिरामीको किड्नी झिक्नुपरेको अस्पालतको दाबी थियो।

चौधरी घरको सिँढीबाट लडेपछि चोट लागेको थियो। उपचारका लागि धनगढी ल्याइएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएको भतिजा राजकुमार चौधरीले बताए।

चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेका पत्थरी झिक्न अप्रेसन गरिएको थियो। बिरामीका भतिजा राजकुमार चौधरीका अनुसार दिउँसो ३ बजे अप्रेसन गरिएको थियो। अप्रेसन सफल भएको डाक्टरले बताएका थिए। चिकित्सकले झिकेको पत्थरी पनि देखाएका थिए।

तर ऐजनलाललाई एक घण्टा नबित्दै पेट दुख्न थाल्यो। यसपछि डाक्टरले सुई लगाइदिए। तर निको हुने कुरा भएन। ८ बजेतिर बिरामीलाई धेरै नै अप्ठेरो भयो। त्यसपछि फेरि डाक्टर किड्नीको नसा काटिएको बताए। अत्यधिक रक्तश्राव भइरहेको थियो। बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने भनेर डाक्टरले भन्न थाले। ‘त्यसपछि बाध्यतावश हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस् भन्यौं,’ भतिजा चौधरीले भने, ‘राति २ बजे किड्नी निकाले।’

बिरामीलाई आईसियुमै राखियो। आइतबार ‍झन् अवस्था गम्भीर बन्यो। आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले भनेको कुरा सम्झँदै भतिजा चौधरीले भने, ‘बिरामीको मृत्यु भइसक्यो। कति पैसा चाहिन्छ लिनुस्। हल्ला नगरिदिनुस्।’

पत्थरीको अप्रेसन गर्न जाँदा किड्नी नै झिकिदिएपछि…

प्रकाशित: २०८० भदौ १२ गते मङ्गलबार ११:५९
प्रतिक्रिया

थप समाचार

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना