२०८३ कार्तिक १४ गते शुक्रबार

आजदेखि एमसीसीअन्तर्गतका परियोजना कार्यान्वयनको दिनगन्ती घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
mcc
अमेरिकी डेपुटी विदेशमन्त्रीसमेत रहेका एमसीसीका कार्यवाहक सीईओ जोनाथन नास र नेपालका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमसीसी सम्झौतामा हस्ताक्षर गर्दै (सन् २०१७ सेप्टेम्बर १४)। फाइल तस्बिर : अमेरिकी विदेश मन्त्रालय

काठमाडौं– आजदेखि विधिवत् रुपमा नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कार्यान्वयन अवधि गणना हुँदै छ। कार्यान्वयन अवधि गणनाको सुरु हुने अघिल्लो दिन मंगलबार एमसीसी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आएका छन्। नेपालसँगको एमसीसी सम्झौता सुरुआत अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन नेपाल आएका हुन्।

अर्थ मन्त्रालयअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले बनाउने प्रसारण लाइन र सडक निर्माण परियोजनाको ५ वर्षे दिनगन्ती आजदेखि सुरु हुन लागेको हो। ५ वर्षभित्र काम नसकिए सम्झौताअनुसारको बाँकी अनुदान रोकिने सम्झौतामा उल्लेख छ।

सम्झौताको अवधि गणना सुरु हुने दिन काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको नेतृत्वदायी भूमिका रहेको एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको प्रतिक्रिया दिएको छ। नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासले जनाएको छ। ‘सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए–नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौं। साथै, सम्झौताका लक्ष्य समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौं,’ दूतावासले भनेको छ।

सम्झौताको चार वर्षपछि संसद्ले अनुमोदन गरेको एमसीसी र नेपाल सरकारसँग भएको अनुदान सहायता सम्झौता आजदेखि औपचारिक रुपमा कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको हो। नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले एमसीसी परियोजना कार्यान्वयनमा जाने जानकारी दिएको हो। एमसीसीको कार्यवधि कार्यान्वयन थालिएको दिनदेखि पाँच वर्षको गणना हुनेछ। एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका आयोजनालाई कार्यान्वयन चरणमा प्रवेश गराउनुपूर्व नेपाल सरकारले अधिकांश पूर्वसर्त पूरा गरेको बताए।

एमसीएले नेपाल सरकारसँग ६ वटा प्राथमिक पूर्वसर्त कार्यान्वयनका लागि समझदारी गरेको छ। तीमध्ये छैटौं बुँदाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति तथा जग्गा अधिग्रहण र रुख कटानीको पूर्वसर्त पूरा हुन बाँकी छ। योजना कार्यान्वयनमा गएसँगै यो काम पूरा गर्न सकिने अनुमति एमसीए नेपालले पाएको उनको भनाइ छ।

‘नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा भएको, संसद्बाट कम्प्याक्ट अनुमोदन भएको, विद्युत् प्रसारण लाइन निर्माणलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको, विद्युत् नियमन आयोग ऐन लागू गरी आयोग गठन भएको र कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर भइसकेको छ’, एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले भने।

सम्झौता कार्यान्वयनमा जानुअघि नेपालले परियोजनामा लगानी बढाएको छ। नेपाल सरकार र एमसीसीबीच गत १४ जेठमा आदानप्रदान गरिएको कार्यान्वयन पत्रअनुसार नेपालले एमसीसी कम्प्याक्टमा आफ्नो लगानी ६.७० करोड अमेरिकी डलर थप गरेको हो। सुरुवाती सम्झौतामा एमसीसीका तर्फबाट ५० करोड डलर अनुदान र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने सहमति भएको थियो। नेपालले थपेको लगानी विद्युत् प्रसारण आयोजनाका लागि उपयोगमा ल्याइनेछ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत तीन वटा सबस्टेसन निर्माण हुनेछन्। विद्युत् प्राधिकरणको आवश्यकता र अनुरोध अनुसार थप नयाँ पावर ट्रान्सफर्मर सबस्टेसन युनिट जडान गरी ती सबस्टेसनको क्षमता विस्तार गरिने सम्झौता छ। सम्झौताअनुसार सडक मर्मत आयोजनाको कार्यक्षेत्र पनि केही फेरबदल गरिँदै छ। अब ‘पेभमेन्ट रिसाइक्लिङ’ कार्य सीमित परीक्षणबाट करिब ४० किमिसम्म विस्तार हुनेछ।

यसअघि बढीमा ३०५ किमि आवधिक सडक मर्मत कार्य गर्ने योजना बनाइएकामा अब ९० किमि सडकमा उक्त कार्य गरिनेछ। आयोजनाअन्तर्गत राष्ट्रिय राजमार्ग सञ्जालको कुल १३० किमि सडकमा काम गरिनेछ।
एमसीए नेपालले एमसीसी प्रोजेक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने उद्देश्यसहितको कार्ययोजना र कार्यतालिका बनाएर अगाडि बढिरहेको कार्यकारी निर्देशक विष्टले जानकारी दिए।

एमसीसीबाट प्राप्त ५० करोड अमेरिकी डलर अनुदानमध्ये पाँच वर्षभित्र खर्चिन नसके अमेरिकी सरकारलाई नै फिर्ता दिनुपर्नेछ। २९ भदौ २०७४ मा नेपाल सरकार र एमसीएबीच कम्प्याक्ट सम्झौतामा हस्ताक्षर हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए।

लामो समयसम्म कम्युनिस्टहरुको राजनीतिक मसला बनेको एमसीसी परियोजना नेपालको संसद्ले १५ फागुन २०७८ मा व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो। सम्झौता भएको ६ वर्षपछि आजदेखि आयोजना कार्यान्वयनमा लैजान लागिएको हो। एमसीसी अमेरिकाको वैदेशिक सहायता एजेन्सी हो। यसले खासगरी प्रजातान्त्रिक मुलुकको गरिबी न्यूनीकरणमा काम गर्छ।

परियोजना अगाडि बढाउने पहलस्वरुप गत १ भदौमा एमसीसीअन्तर्गत प्रसारण लाइन बनाउन मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ। ४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो। यस्तै, ३१ साउनमै एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनका लागि पाल्पामा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। ४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत बुटवल सबस्टेशनदेखि दमौली सबस्टेशन खण्डमा पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको हो।

परियोजनालाई अगाडि बढाउन एमसीसीअन्तर्गत विद्युत प्रसारण लाइनका लागि धादिङमा पनि ७ भदौदेखि जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ। ४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्ड तथा रातामाटे सबस्टेसनदेखि नयाँ दमौलीअन्तर्गत पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो।

नेपालले अमेरिकी अनुदान आयोजनाअन्तर्गतको एमसीसी सम्झौतामा २०७४ मा हस्ताक्षर गरेको थियो। अमेरिकी अनुदानलाई सामरिक रणनीतिसँग जोडेर लामो समय विवादमा ल्याइँदा १५ फागुन २०७८ मा मात्रै नेपालको संसद्ले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गरेको थियो।

एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन, तीन वटा सबस्टेसन तथा पूर्व–पश्चिम राजमार्गको ७७ किलोमिटर स्तरोन्नतिका काम हुनेछन्। त्यसका लागि जग्गा प्राप्ति, रुख कटान तथा निर्माण क्षेत्रमा पहुँचका व्यवस्थासम्बन्धी काम भइरहेका छन्। सन् २०२३ को अगस्तमा एमसीसी परियोजना निर्माण सुरु गरेर पाँच वर्ष (सन् २०२८ को अगस्तभित्र सम्पन्न गर्नुपर्नेछ।

प्रकाशित: २०८० भदौ १३ गते बुधबार ०७:२०
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना