काठमाडौं– एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलता हासिल गर्न युवाहरुले सपना देख्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा उनले युवालाई प्रतिष्पर्धी बन्न र इच्छाअनुसार काम गर्न पहिला सपना देख्नुपर्ने उनले बताए ।
उनले भने, ‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्राप्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन् ।’ उत्साही युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्त्व र लगनशीलतामा जोड दिनु पर्ने बताए । ‘यदि तपाईं अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलताहासिल गर्न चाहनुहुन्छ भने तपाईंले सपना देख्नु पर्छ,” उनले भने, “आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।’ उनले बताए ।
‘व्यक्तिगत रूपमा युवाहरूसँग जोडिन पाएकोमा र उहाँहरूको ऊर्जा देखेर म साँच्चै प्रेरित भएको छु । यस किसिमको सम्मेलनले युवा प्रतिभाहरूको प्रवर्द्धनमा सहयोग गर्ने एनसेलको प्रतिबद्घतालाई बढावा दिन्छ,’ जाब्बोरले भने, ‘यस मञ्चमाआएर युवाहरूलाई प्रेरणास्वरूप केही कुरा राख्नपाएकोमा केवाईसी आयोजकप्रति आभारी छु ।’
कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टरशेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, ईसेवाका सीईओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासजस्ता प्रेरणादायी वक्ताहरू थिए । सहभागी युवाहरूलाई प्रेरणा र प्रोत्साहनप्रदान गरे । युवाकेन्द्रित यस कार्यक्रममाविभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानकाकरिब ५ हजार युवाहरूको सहभागिताथियो ।


