२०८३ साउन १३ गते बुधबार

गण्डकीमा बहस : चीनमा बाँदर पठाऔं, च्यांग्रा ल्याऔं

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
gandaki

पोखरा–प्रदेशभित्रको सरकारी वन प्रदेशको एकल अधिकार सूचीमा छ। संघ सरकारले बनाएको ऐन र नियमावलीले भने प्रदेशको अधिकारलाई खुम्च्याएको छ। गण्डकी प्रदेशले संघीयता कार्यान्वयनको सातौं वर्षमा वन विधेयक ल्याएको छ, जुन विधेयक अहिले संसदीय समितिमा छलफलका क्रममा छ।

अर्थ तथा विकास समितिले विधेयकको दफावार छलफलका क्रममा सरोकारवालासँग निरन्तर अन्तरक्रिया गरिरहेको छ। वनसँग सम्बन्धित संघ–संस्था र स्थानीय सरकार प्रमुखसँग आइतबार छलफल गरिएको छ। छलफलका क्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सरोकारवालाले सरकारको ध्यानाकर्षण गराए। कास्कीको रुपा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझाले चीनसँग बाँदर–च्यांग्रा साट्ने व्यवस्था ल्याउनुपर्ने बताए।

नेपालमा बाँदर आतंक बढेको र किसानले दुख पाएका भन्दै चीनबाट च्यांग्रा ल्याएर नेपालले बाँदर पठाउने नीति अख्तियार गर्नुपर्ने उनको सुझाव छ। ‘बाँदर जनताका लागि सबैभन्दा घातक बनेका छन्। चीनमा बाँदरको मासु प्रयोग हुने रहेछ। बरु यहाँका बाँदर चीन पठाऔं,’ उनले भने, ‘त्यसको सट्टा चीनबाट नेपालले च्यांग्रा ल्याउन सक्छ। बाँदर च्यांग्रा सटहीको व्यवस्था ऐनमा राखौं।’

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीका अध्यक्ष कालिदास सुवेदीले मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सरकारले ऐनमै विशेष व्यवस्था ल्याउनुपर्ने बताए। ‘अहिले हाम्रो गाउँका बस्ती खाली हुनुमा बाँदर प्रमुख कारण हो। हामीले कठोर निर्णय गर्न पनि जरुरी छ,’ उनी भन्छन्, ‘गण्डकी प्रदेश सरकारले हानिकारक वन्यजन्तुलाई व्यवस्थापन गर्न कुनै व्यवस्था गरोस्। मारेर सुकुटी बनाएर बेच्ने हो कि, बन्ध्याकरण गर्ने हो कि, विदेश निर्यात गर्ने हो कि। अरु देशले जस्तै चीनमा निर्यात गरेर चीनबाट च्यांग्रा ल्याउने नीति सबैभन्दा राम्रो हुन सक्छ।’

वन्यजन्तुबाट हुने असर पहाडी क्षेत्रमा जस्तै हिमाल र तराईमा पनि छ। हिमालमा हिउँ चितुवाको समस्या छ भने तराई क्षेत्रमा बँदेल र गैंडा तथा बाघको आक्रमण छ। हिंस्रक जनावरबाट भएको क्षति राज्यले व्यहोर्छ। तर, बाँदर लगायत जनावरले गर्ने क्षतिमा कुनै वास्ता गरिएको छैन।

‘पहाडमा बाँदरको समस्या जस्तै तराई मधेसमा बँदेल र गैंडाका समस्या छन्। वन खाली भएका कारण वन्यजन्तु बस्तीमा पसेका हुन्,’ नवलपुरका विश्व बगालेले भने, ‘खुइला डाँडामा वृक्षरोपणका कार्यक्रम ल्याउनुपर्छ। वनमा फलफूल रोप्ने अभियान चलाऔं।’

सरोकारवालाले वनको नियमन र व्यवस्थापन मात्रै नभई उपयोगका लागि पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन्। वन पैदावार उद्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष प्रेमलाल श्रेष्ठले प्रदेश काठजन्य उत्पादनमा आत्मनिर्भर भए पनि सही व्यवस्थापन नहुँदा बाहिरबाट खरिद गर्नुपर्ने अवस्था रहेको बताए। ‘अर्बौं रकमको काठ विदेशबाट निर्यात हुन्छ। हाम्रा वनमा काठ कुहिएर गएको छ,’ उनी भन्छन्, ‘यसमा सरकारले ध्यान दिनुपर्छ। वनको नियमन र व्यवस्थापन गर्ने मात्रै होइन, उपयोगमा पनि ध्यान पुगोस्।’

प्रदेशभित्र उत्पादन भएको काठलाई प्रदेशले खपत गर्न प्राथमिकता दिनुपर्ने उनको सुझाव छ। उपभोक्ता महासंघ अध्यक्ष सुवेदीले भने सरकारले कर लिने नाममा ढाड सेक्न खोजेको आरोप लगाए। ‘कुनै व्यक्ति वा संस्थाले ३ ठाउँमा कर बुझाउँछ? कर कति तिर्नुपर्ने हो, वडामा तिर्ने व्यवस्था मिलाइयोस्,’ उनी भन्छन्, ‘त्यहाँबाट कुन सरकारले कति लिने हो, लिनुस्। एउटा सामुदायिक वन उपभोक्ता समूहले ५४ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था विधेयकमा ल्याइएको छ।’

विधेयकमा उपभोक्ता समूहले आफ्नो समूहभित्र काठ दाउरा बेच्दा प्राप्त रकमको १० प्रतिशत र समूह बाहिर बेच्दा प्राप्त रकमको ३० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। संघको वन ऐनमा समूहले आर्जन गरेको आयबाट कम्तीमा २५ प्रतिशत वनको विकास, संरक्षण र व्यवस्थापनमा खर्च गर्नुपर्ने व्यवस्था छ। बाँकी रहेको रकमलाई शत प्रतिशत मानेर ५० प्रतिशत उद्यम विकास तथा बाँकी ५० प्रतिशत उपभोक्ता समूहको हितमा प्रयोग गर्ने व्यवस्था गरेको छ।

वन क्षेत्रको राजस्व स्थानीय तहले नै उठाएर प्रदेशलाई पठाउने व्यवस्था गरिनुपर्ने गाउँपालिका महासंघका अध्यक्ष ओझाको सुझाव छ। ‘दहत्तर, बहत्तर, ढुंगा, गिटी, बालुवाको राजश्व प्रदेशमा पठाउनुपर्ने दायित्व अहिले छैन । अब वन ऐनमा त्यो व्यवस्था गर्नुस्। स्थानीय तहमा विभाज्य कोष बनाएर स्थानीय तहले नै कर उठाउने व्यवस्था मिलाउनुपर्छ,’ उनले थपे, ‘नत्र संघीयता बलियो हुँदैन। कर पनि पर्याप्त उठ्दैन।’ उनले निकुञ्ज र संरक्षण क्षेत्र प्रदेश मातहत आउनुपर्ने बताएका छन्।

गण्डकीमा करिब ४ हजार सामुदायिक वन समूह छन्। त्यसबाहेक कबुलियती वन, चक्ला वन लगायत पनि छन्। राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र आयोजना, सिकार आरक्ष पनि कार्यान्वयनमा छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले उपभोक्ता मैत्री ऐन ल्याउने बताएका छन्।

‘म एउटा उपभोक्ता बनेरै विधेयकको मस्यौदा बनाएको हुँ। केही कमजोरी हुन सक्छ, सच्याउन तयार छौं,’ उनले भने, ‘उपभोक्तामुखी ऐन बन्छ। पर्याप्त सुझाव दिनुस्।’ विधेयकमा विभिन्न संघ–संस्थाले संशोधनका लागि सुझाव दिएका छन्। सबै सुझावलाई समेटेर संशोधित विधेयक संसद्मा फर्काउने सभापति भोजराज अर्यालले जानकारी दिए।

प्रकाशित: २०८० भदौ १८ गते सोमबार ०९:३२
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना