२०८३ कार्तिक १२ गते बुधबार

कलेज आईडिया हन्ट २०२३ सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
press meet photo

काठमाडौं– आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ को लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय को सहकार्यमा र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालय को संयोजनामा आवेदन खुला गरेको छ । बिहीबार (सेप्टेम्बर ७) कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको छ ।

नेपाली समाजको रुपान्तरण र व्यवसायीकताको प्रवद्र्दनमा क्रियाशिल आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आइडिया सहित शो उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२३ को आयोजना गरेको हो । वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरुले कलेज आईडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।

उक्त कलेज आईडिया हन्टको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आईडिया स्टुडियो नेपालकी रणनीति तथा सञ्चार प्रमुख सदिच्छा श्रेष्ठ, त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा। गंगाराम विश्वकर्मा, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा , काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र बस्नेत, त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन डा।दिलीप पराजुली, स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका निमित्त निर्देशक डा. गोविन्द तामाङ, कलेज आइडिया हन्ट २०२० की, आईडिएटर अन्जना मल्ल,आईडिया र विधार्थीहरु लगायत बिभिन्न बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

आईडिया स्टुडियो नेपालकी रणनीति तथा सञ्चार प्रमुख सदिच्छा श्रेष्ठले कलेज आईडिया हन्टको महत्व र अवसरको विषयमा प्रस्ट पारिन । कलेज आइडिया हन्ट २०२० की आईडिएटर अन्जना मल्लले आइडिया स्टुडियोको मार्फतबाट उहाको व्यवसायमा पाएको सहयोग र अनुभव बारे कुरा गर्दै कलेज आइडिया हन्ट २०२० एउटा कार्यक्रम मात्र नभएर आत्म विश्वास वृद्धिको श्रोत पनि हो ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन डा.दिलीप पराजुलीले नेपालका विद्यार्थीहरु अवसरको खोजीमा तीव्र गतिमा विदेशीएका छन् । तर, नेपालमा धेरै अवसरहरु रहेको जानकारी गराए । काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र सुबेदीले विद्यार्थीहरुले आईडिया स्टुडियो नेपालको तर्फबाट पाएको मोैका, अवसर र उद्यमशीलता मानसिकताको विकासबारे मन्तव्य राखे । आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्नातक, स्नातकोत्तर र पीएचडी गर्दै गरेका वा गरिसकेका विद्यार्थीहरुको कुनै आईडिया वा सपना छ भने कलेज आइडिया हन्ट २०२३ मा आवेदन पठाउन अनुरोध गर्दै भविष्यमा आवश्यक सहयोगका निमित्त आईडिया स्टुडियो नेपाल सो विद्यार्थीहरुका लागि एक प्लेटफर्मको रुपमा रहने छ ।

कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्यबाट उत्कृष्ट २० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरीनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आईडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन। कलेज आईडिया हन्ट २०२३ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले २०८० असोज १४ गते सम्म आवेदन दिइसक्नुपर्नेछ ।

प्रकाशित: २०८० भदौ २२ गते शुक्रबार ०५:३२
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना