काठमाडौँ- अस्ट्रेलिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर जिल्ला मध्यपुर ठिमि नगरपालिका ४ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका २६ सामाखुशी बस्ने ५० वर्षीया रत्नकेशरी श्रेष्ठलाई २० लाख ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले आशा माया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाईदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।
श्रेष्ठलाई खोजतलास गर्ने क्रममा सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाईएको छ।
