काठमाडौँ- प्रभु बैंकले इन्टरनेट नहुँदा पनि मोबाइल बैंकिङ एप प्रयोग गर्न सकिने सेवा ल्याएको छ। इन्टरनेटको पहुँच नभएको ठाउँबाट ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले यस्तो सुविधा ल्याएको हो।
अब प्रभु बैंकको मोबाइल बैंकिङ एप चलाउन वाइफाइ वा डाटा चाहिने छैन। नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ एप चलाउने मिल्ने सुविधा दिएको हो।
इन्टरनेट नभए पनि मोबाइल बैंकिङ एप भएको मोबाइलमा सिम भने अनिवार्य रूपमा हुनुपर्नेछ।


