काठमाडौं– एनआई सी एशिया बैंकले कनेक्ट आइपीएसको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहक महानुभावहरुका लागि फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा पर्र्ने अफर सार्वजनिक गरेको छ ।
सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग (मो बैंक)एप प्रयोग गरी कनेक्ट आइपीएसमार्फत फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन ।
२०८० भाद्र १७ गतेदेखिदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफरअन्तर्गत एक जना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ)‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ ।
फन्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा(मो बैंक) एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेकोँ फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंक युजिङ कनेक्ट आइपीएस छनौट गर्नुपर्छ । यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आइपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन ।


