२०८३ साउन १३ गते बुधबार

एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
1166 photo

काठमाडौ– आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकहरुले निःशुल्क फोन गरि मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सक्छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य शुरु गरेको छ ।

हालै मात्र विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल, लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनको लागि सिम सहितको ह्याण्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो ।

आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ‘हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्दछ । राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं ।’

कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरुलाई बचाउने उद्देश्यले सरकारले यो हेल्पलाइन सुरु गरेको हो । ‘आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याहरुका बारेमा फोन आउने क्रम बढिरहेको हाम्रो तथ्याङ्कले देखाउँछ । यस्तो अवस्थामा एनसेलको यो सहकार्यले ठूलो महत्व राख्छ र अमुल्य जीवनहरु बचाउन योगदान पुर्याउने छ, मानसिक अस्पतालका निर्देशक डा. अनन्त प्रसाद अधिकारीले भने ।

जहिले मनमा गाह्रो महशुस हुने, तनाव हुने, आफैलाई हानि पु¥याउन वा दुख दिन मन लाग्ने जस्ता लक्षणहरु देखिएमा तत्काल यस हटलाइनमा फोन गरि तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श गरि त्यस्ता सोचहरुबाट बाहिर आउन मद्दत लिन सकिने मानसिक अस्तपालले जनाएको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल, लगनखेल पाटनबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित: २०८० भदौ २४ गते आईतबार ११:१०
प्रतिक्रिया

थप समाचार

तोलामा ४३ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार...

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले...

ई–कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौँ: नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ आगामी साउन १३ गते हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ। सम्झौताअनुसार...

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब

काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना