२०८३ साउन १३ गते बुधबार

टिभिएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
Picture (3)

काठमाडौं– टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ।

कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै शहरी दैनिकीमा एउटा गेम चेन्जरको रुपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ। आकर्शक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकहरुको लागि आकर्षक मुल्यमा नवीनतम् विकल्पहरु प्रदान गर्ने उद्धेश्यले हामीले टिभिएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ।’

३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टिभिएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्दछ। यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ।

टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ। ५ घण्टामा १००% सम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन्। ४.४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टिभीएस आईक्युबले साघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्छ।

टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ। ५ घण्टामा १००% सम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन्। ४.४० को पिक पावर र १४० को पिक टर्क रहेको यस टिभिएस आइक्युबले साँघुरो सडक र व्यस्त ट्राफिकमा पनि सजिलोसँग एक्सिलरेट गर्न सकिन्छ।

आईक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ। चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु पनि यस स्कुटरले प्रदान गरेको छ। स्कुटरको ७ इन्चको मल्टीफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पु¥याउनेछ।

रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टिभिएस आईक्युबको यात्रा सहज हुनुको साथै उर्जा पनि कम खपत हुन्छ। त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ। यस टिभिएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ। त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको छ।

यो नयाँँ टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर नाडा अटो शोभरि टिभिएसको स्टलमा प्रदर्शन गरिनेछ। सहभागीहरूले स्टलमा आएर यसका सुविधाहरू एक्सप्लोर गर्ने र टेस्ट ड्राईभ गर्ने अवसर समेत पाउनेछन्। टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर वातावरणप्रति सचेत आधुनिक शहरी यात्रुहरुको लागि व्यवहारिक छनोट भएको कम्पनीले जनाएको छ।

प्रकाशित: २०८० भदौ २४ गते आईतबार ११:१४
प्रतिक्रिया

थप समाचार

तोलामा ४३ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार...

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले...

ई–कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौँ: नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ आगामी साउन १३ गते हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ। सम्झौताअनुसार...

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब

काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना