२०८३ कार्तिक १२ गते बुधबार

नाडा अटो शोमा फोर्स अरबानीया लन्च हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
urbania pic

काठमाडौं– नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शो मा भारतमा अत्यधिक माग रहेको साथै नेपालमा सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स कम्पनीको अरबानीया माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गर्ने भएको छ ।

यस बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको कम्पनीले जनाएको छ । कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । विषेशत पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु ,कुटनीतीक निकायहरु, सरकारी तथा गैर सरकारी संस्थाहरुका लागी यो माइक्रोबस उपयूक्त हुने देखिन्छ । यो माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

अरबानीया सुरक्षाका दृष्टीकोणले सम्पूर्ण रेटिङ्ग हरुमा अब्बल मानियको छ । ड्युल एअर ब्याग यूक्त यस गाडी मा एरोडाइनामीक क््रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन ,स्टाइलीस डि आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए÷सी सीस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग ,हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जीङ्ग पोर्टको ब्यबस्था भएको,सेन्ट्रलडोर लकीङ्ग वीथ रिमोट किलेस इन्ट्री , हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, कोल्यापसीबल स्टेरीङ्ग कोलुम आदी जस्ता अत्याधुनीक बिषेशताहरु यस बसमा रहेको छ साथै लेटेस्ट जेनेरेशनको एबीएस तथा इएसपीजस्ता अन्य आधुनिक शुरक्षा प्रणाली समेत जडान भएको छ ।

आकर्षक र सुबिधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछी पुन यात्राका लागी रोजाइमा पर्ने कम्पनीको भनाई रहेको छ । स्लाइडीङ्ग डोर सहितको तिन ढोका यूक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरु रहेको छ । सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागी फ्रन्ट बम्पर डिजाइन , कुनै दुर्घटना भैहालेमा पनी हेड इन्जुरी कम होस भन्नका लागी त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरीएको छ ।

यस गाडीमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ ।यस बसको सुरुवाती मुल्य बयासी लाख उनानसय हजार रुपैया रहेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।

प्रकाशित: २०८० भदौ २४ गते आईतबार ११:२०
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना