काठमाडौँ- विद्युतीय सवारी उत्पादक ब्रान्ड बीवाइडीको डल्फिन मोडलको गाडी नेपालमा लन्च हुने भएको छ। मंगलबार नाडा अटो शोमा डल्फिन लन्च हुन लागेको आधिकारिक बिक्रेता साइमेक्स इंकले जानकारी दिएको छ।
सडकमा गुडिरहेको डल्फिन गाडीको भिडियो बनाई सामाजिक सञ्जालमा राख्नेमध्ये तीन जनाले १-१ लाख रुपैयाँ जित्ने मौका पाउने जनाएको छ। ‘स्पट ‘द डल्फिन अन द रोड’ नाम दिइएको यो अभियान भदौ २५ सम्म सञ्चालन हुने साइमेक्सले जानकारी दिएको छ।
जो कोहीले पनि त्यस्तो भिडियो बनाएर फेसबुक, इन्स्गाग्राम वा टिकटकमा राख्न सक्नेछन्। उक्त भिडियोलाई साइमेक्सको आधिकारिक पेजमा ट्यागसमेत गर्नुपर्नेछ।
यसैगरी भिडियो पोष्ट गर्दा ह्यासट्याग बीवाइडीडल्फिन (#BYDDolphin) र डल्फिनअनदरोड (#Dolphinontheroad) प्रयोग गर्नुपर्ने छ। प्रतिस्पर्धामा भाग लिने सबैलाई नाडा अटो शोको टिकट दिइने कम्पनीले जनाएको छ।
