काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल सम्मेलनमा नेपालको झण्डा फहराएका छन् । ४ जना एजेन्सी मेनेजरहरुले सम्मेलनमा सहभागीता जनाउँदै सिंगापुरमा सम्मेलनमा सहभागी भएका थिए ।
विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था(एमडीआटी) ले आफ्नो विश्व सम्मेलनमा सिंगापुरमा सम्पन्न गरेको हो । गत २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे ।
कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताए ।


