काठमाडौं– काठमाण्डाँै इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाइ डाेल्मा फाउन्डेसनले १ करोड ८० लाख सहयोग गरेको छ । काठमाडौँमा अस्पताल भवन निर्माणका लागि उक्त सहयोग गरेको हो ।
सहयोगका लागि किओचले फाउन्डेसनका संस्थापक समाजसेवी, गायक आनी छोइङ्ग डाेल्मा तथा फाउन्डेसनलाई आभार व्यक्त गरेको छ ।
काठमाडाैंँमा बहुबिशिष्टिकृत बाल अस्पताल तथा देशको सबै प्रदेशमा भाैितक संरचनासहितका स्याटेलाइट बाल अस्पताल संचालन गर्ने यस इन्स्टिच्युटको लक्ष्य रहेको छ । बालबालिकालाई उपचारको अभाववाट हुने क्षती र अपाङ्गताबाट बचाउनु र परिवारलाई गरिबीको दुष्चक्रमा पर्नबाट रोक्न प्रयास गर्नु यसको ध्येय रहेको छ।
यस परियोजनाअन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशीप्रदेश, झापाजिल्लाको दमकमा स्थापनाभई सेवा शुरू भएको छ । यस अस्पतालबाट वहिरङ्ग, आकष्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पिआइसियु, एनआइसियु, एचडियु लगायतका सेवाप्रदानगरिएको छ भने शल्यकृया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ ।
सेवा सुरु भएको चार महिना मायसले वहिरङ्ग सेवाअन्तर्गत ८,३०० तथाअन्तरङ्ग सेवाअन्तर्गत १,८५० भन्दा बढी बालबालिकालाई पुर्याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेका छन् ।
