काठमाडौं–बर्जर पेन्ट्स नेपालले दशैं र तिहारको अवसर पारेर ‘बर्जर हाम्रो घर हाम्रो शान’ योजना ल्याएको छ।
उत्पादनहरूको विस्तृत शृंखलासहित नेपालमा सजावटी रङहरुको एक प्रख्यात निर्माता कम्पनी बर्जर जेन्सन एन्डनिकोल्सन (नेपाल) प्रालिले आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न यस्तो योजना ल्याएको हो।
यस योजनाअन्तर्गत एक जना भाग्यशाली विजेताले ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीन जनाले जनही १ लाख र अन्य दश जना विजेताहरुले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
यसबाहेक, यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाटनिःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाहअनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्ने छ।
साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्बिर सेयर गरेर जनही २५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन्।
यो योजना बर्जर सिल्कब्रीदइजी, सिल्कग्ल्यामर, सिल्कलक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अलगार्ड फ्लेक्सो र वेदरकोट अलगार्ड जस्तासिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुनेछ। घरधनीहरूले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।


