२०८३ साउन १३ गते बुधबार

ठूला क्षमताका प्रसारणलाइन निर्माणमा सधैंको झमेला

 |  हरिप्रसाद शर्मा
Sanket

हरिप्रसाद शर्मा

काठमाडौँ, भदौ २६
nea_transmission
ढल्केबर मजफपुर ४०० केभि प्रशारण लाइनअन्तर्गतको धनुषाको ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेशन। तस्बिरः कृष्ण अधिकारी/रासस

काठमाडौँ– उच्च क्षमताका प्रसारणलाइनमा निर्माणमा विवाद र झमेला हुने गरेको छ। नेपाल विद्युत् प्राधिकरणले अन्तर्निकाय समन्वय गर्न नसक्दा उच्च क्षमताका प्रसारणलाइन निर्माणमा बाधा उत्पन्न हुँदै आएको हो।

प्रसारणलाइन निर्माणमा स्थानीय सरकारसँग पनि प्राधिकरणले समन्वय गर्न सकिरहेको छैन। जसका कारण कतिपय प्रसारण आयोजना निर्माणमा स्थानीय बासिन्दा, मुआब्जा विवादलगायतका कारणले अघि बढ्न सकेको छैन।

खासगरी, १३२/२२० र ४०० किलोभोल्ट क्षमताका प्रसारणलाइन निर्माणको काम वर्षौदेखि पूरा हुन नसकेको देखिन्छ। कम क्षमताको भन्दा उच्च क्षमताका लाइन निर्माणमा बढी यस्तो समस्या देखिन्छ।

विगत ३ वर्षदेखि कालीगण्डकी करिडोर प्रसारणलाइनअन्तर्गत पर्वतको फलेवासमा देखिएको अवरोध अहिलेसम्म पनि हट्न सकेको छैन। यसअघि २०७९ फागुनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरणको उच्चस्तरीय टोली अवरोध हटाउन स्थलगत अवलोकनमा गएपछि अहिलेसम्म उक्त विवाद कायमै छ। पर्वतको फलेबास देवीस्थानमा विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै त्यहाँका बासिन्दाले रुट सार्न माग गर्दै आइरहेका छन्। त्यसक्षेत्रमा ४ वटा टावर निर्माण हुन सकेको छैन।

यता, तामाकोसी–काठमाडौँ २२०–४०० केभी क्षमताको प्रसारणलाइन र नयाँ खिम्ती सबस्टेसन निर्माण तोकिएको समयसीमाभित्र सम्पन्न नहुने देखिएको छ। आयोजनास्थल रामेछापको बाह्रबिसेलगायतका क्षेत्रमा रुख कटान आदेश, जग्गा प्राप्ती र प्रसारणलाइनको ‘राइट अफ वे’ मा स्थानीयको अवरोधले अघि बढ्न सकेको छैन। यसले निर्माणधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय ग्रीडमा जोड्न सकस पर्नेछ। विद्युत् खेर जान सक्ने समेत उत्तिकै सम्भावना छ। मध्यभोटेकोशी जलविद्युत् आयोजनाले आउँदो कात्तिकसम्म व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।

कालीगण्डकी प्रसारणलाइन निर्माण क्षेत्रमा निरीक्षणका लागि पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली।

त्यस्तै, निर्माण सुरु भएको ६ वर्षसम्म पनि सम्पन्न हुन नसकेको अर्को प्रसारणलाइन हो, ४०० केभी क्षमताको हेटौँडा–ढल्केबर–इनरुवा प्रसारणलाइन। प्रसारणा लाइनको रुट परिवर्तन गर्नुपर्ने भन्दै हेटौँडा उपमहानगरपालिका-११ स्थित थानाभर्याङ, सर्लाहीको जियाजोर क्षेत्र र हटिया क्षेत्रका स्थानीयले अवरोध गर्दै आएका छन्। प्राधिकरणले यसअघि पनि उक्त प्रसारणलाइनको अवरोध हटाउन पहल नगरेको होइन। तर, अहिलेसम्म अवरोध हटेर प्रसारणलाइन निर्माण अघि बढ्न सकेको छैन।

काठमाडौँ उपत्यकामा निर्माणधीन थानकोट–थापागाउँ–भक्तपुर १३२ केभी क्षमताको प्रसारणलाइन निर्माण सुरु भएको २ दशकसम्म पनि पूरा हुन सकेको छैन। काठमाडौं र भक्तपुरमा खासै अवरोध नभएपनि ललितपुरको बुङ्मति, हरिसिद्धि र लामाटारक्षेत्रका स्थानीयको अवरोधका कारण उक्त प्रसारणलाइन अधुरै छ।

क्षतिपूर्ति विवादका कारण त्यसक्षेत्रका स्थानीयले २०७६ सालमा बुङमतिका स्थानीयले बनिसकेको प्रसारणलाइनको २७ नम्बरको टावर ढालिदिएका थिए। हालसम्म करिब ८५ प्रतिशत भौतिक प्रगति सकिए पनि त्यसक्षेत्रको अवरोध नहट्दा प्रसारणलाइन सञ्चालनमा आउन सकेका छैनन्।

त्यस्तै, भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण–३ जलविद्युत् आयोजना निर्माणको करिब–करिब अन्तिम चरणमा पुगेको छ। आउँदो एक वर्षभित्र आयोजना बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ। तर, उत्पादित विद्युत् ढल्केबर सबस्टेसनमा जोड्नुपर्छ।

ढल्केबर सबस्टेससम्म बन्नुपर्ने प्रसारणलाइन निर्माणमा पनि उत्तिकै अवरोध छ। खासगरी, भोजपुर, खोटाङ र उदयपुर लगायतका जिल्लामा वन क्षेत्र, रुख कटान, जग्गा प्राप्ति र स्थानीयको अवरोध भने कायमै छ। प्रसारणलाइनको हालसम्म १५ प्रतिशत मात्र काम सकिएको छ।

त्यस्तै, नेपाल र भारत जोड्ने अन्तरदेशीय प्रसारणलाइन न्यू बुटवल–गोरखपुर प्रसारणलाइन निर्माणको काम अघि बढ्न सकेको छैन। सरकारले लगानी मोडालिटी टुंग्याउन नसक्दा अहिलेसम्म पनि प्रसारणलाइन आयोजना निर्माण अघि बढ्न नसकेको हो।

चीनसँग नेपाल जोड्ने अन्तरदेशीय प्रसारणलाइन रातामाटे (त्रिशुली–गल्छी–केरुङ) ४०० केभी क्षमताको काम पनि अपेक्षित रुपमा अघि बढ्न सकेको छैन। सो खण्डका केही ठाउँमा अझै पनि जग्गा विवाद, रुख कटानलगायत समस्या रहेको आयोजना प्रमुख कोमलनाथ आत्रेय बताउँछन्।

यीबाहेक अन्य धेरै साना तथा ठूला क्षमताका प्रसारणलाइन आयोजनाहरु विभिन्न कारणले निर्माण कार्य पूरा हुन सकेको छैन। प्रसारणलाइन निर्माणको अवरोध हटाउन सरकारले नै समन्वयकारी भूमिका खेल्नुपर्ने ऊर्जाविद डा. सूर्य अधिकारी बताउँछन्। खासगरी, जग्गा, बन, वातावरण, स्थानीय सरकार, सडक, ऊर्जासँग सम्वन्धीत निकायहरुबीच एक आपसमा समन्वय हुनुपर्ने उनी बताउँछन्।

‘वातावरणीय प्रभाव मुल्यांकन र रुख कटानलगायतका विषयमा बन तथा वातावरण मन्त्रालयले समन्वय गरिदिनुपर्यो। जग्गा प्रयोग गर्ने अनुमतिमा वनले रोक्नुभएन,’ उनी भन्छन, ‘ठूला प्रसारणलाइन समयमै बनाउन सरकारकै अन्तर सरकारी निकायबीच समन्वय नै पहिलो सर्त हो।’

विद्युत प्राधिकरण पनि विभिन्न अवरोध र विवादका कारण प्रसारणलाइन र वितरण प्रणालीको संरचना निर्माण समयमै गर्न नसकिएको बताउँछ। सबै निकायसँग प्राधिकरण एक्लैले समन्वय गर्न सक्ने अवस्था हुँदैन।

प्रसारण प्रणाली निर्माण र विस्तारका क्रममा विभिन्न आयोजनामा स्थानीय अवरोधसँगै, कतैँ रुख कटान, जग्गा अधिग्रहण, मुआब्जा विवादलाइ समाधान गर्दै अघि बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्। ‘अघि बढाइएका कतिपय प्रसारणलाइन आयोजनामा समस्या नभएको होइन। ती समस्या र अवरोधलाई समाधान गर्दै हामी अघि बढिरहेका छौं’ उनले भने, ‘अबको हाम्रो योजना भनेको प्रसारण प्रणाली संरचनाको सुधार र सुदृढीकरण नै हो।’

घिसिङले यसअघि लामो समयदेखि अघि बढ्न नसकेका कतिपय प्रसारणलाइन आयोजनाको स्थलगत रुपमै गएर समस्या समाधान गर्ने प्रयास गरेका थिए। तर, पनि प्रसारणलाइन, वितरण प्रणाली र सवस्टेशनमा देखिएका अवरोध अहिले पनि ज्युँका त्युँ छन्।

प्रकाशित: २०८० भदौ २६ गते मङ्गलबार ०५:५२
Sanket

हरिप्रसाद शर्मा

शर्मा अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना