काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र ओम अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्तअस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतद्घारा हस्तार भएको हो । उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट आइपीडी, डाइग्नोस्टिक, फार्मेसी र फिजियोथेरापी मा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।
सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।
